असार १९, दोहा | बैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका अर्घाखाँचीका छबिलाल पाण्डेको मृत्यु भएको छ ।

३४ बर्षीय छोरा पाण्डेको उपचारको क्रममा कुवेतको अल जाविर अस्पतालमा मृत्यु भएको हो ।

पाण्डेको गत जुन ९ तारिक मृत्यु भएता पनि आधिकारिक जानकारी आउन ढिलाई भएको र उनको मृत्युको प्रमुख कारण कोरोनानै भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

मृतक पाण्डे केहि बर्षदेखि कुवेतमा ट्याक्सी चालकको रुपमा कार्यरत रहेको बुझिएको छ । उनको घरमा श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

Related News