२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अवैधानिक रुपमा रहेका थप ३९ जना नेपालीले पाए वहिर्गमन भिसा

२०७७, २४ असार बुधबार ०६:१७

योगेन्द्र योगी | असार २४, दोहा | साउदीमा ३९ जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ३९ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका  थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

वहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया शुरु भइरहेको समेत दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै २०४ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् । साथै, वहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने समेत दूतावासले जनाएको छ । 

यसरी वहिर्गमन भिसा प्राप्त गरेकाहरु भिसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने हुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले