2026-10-26 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संस्कृत दिवस मनाइँदै

साउन १९, काठमाडौँ । भारत वर्षको नैमिषारण्य क्षेत्रमा सत्य युगमा ८८ हजार ऋषिमुनिले अन्तक्र्रिया गरी वैदिक दर्शनका शास्त्र निर्माण गरेको सम्झनामा आज संस्कृत दिवस मनाइँदै छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन विधिपूर्वक श्रावणी स्नान, नव यज्ञोपवीत धारण, रक्षाबन्धन गरी ऋषिमुनिले वैदिक दर्शनका उपनिषद्, आरण्यक, ब्राह्मण लगायत ग्रन्थ संस्कृत भाषामा रचना गरेको सम्झनामा त्यसै बेलादेखि संस्कृत दिवस मनाउने प्रचलन शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

मानसरोवरबाट बग्दै आएको सरयु नदीको दक्षिणतिर नैमिषारण्य क्षेत्र पर्ने पनि उहाँले जानकारी दिनुभयो । गोमती नदीको किनारमा वनजङ्गलको बीचमा पर्ने नैमिषारण्य क्षेत्र प्राकृतिक रुपमा पनि आकर्षक सिद्धभूमि हो । यहीँ बसेर ऋषिमुनिले छलफलका माध्यमबाट आ आफूले देख्नुभएका वेदका मन्त्र सङ्कलन गरेर शाखा उपशाखा निर्माण गर्नुभएको शास्त्रीय विश्वास छ । 

त्यसै छलफलबाट ‘मनुस्मृति’ सत्य युगमा, ‘गौतमस्मृति’ त्रेता युगमा, ‘शङ्खलिखित स्मृति’ द्वापर युगमा र ‘पराशर स्मृति’ कलि युगमा सम्पूर्णरुपमा लागू हुने निर्णय पनि नैमिषारण्य क्षेत्रमा भएको ऋषिमुनिको भेलाले गरेको अध्यक्ष गौतमले बताउनुभयो ।

जुन स्मृति जुन युगका लागि तोकिएको छ सम्पूर्णरुपमा त्यही युगमा मात्र लागू हुन्छ । अन्य स्मृति भने छनोटमा परेका विषय मात्र लागू हुन्छन् । यही विषयमा अध्ययन गरिने विषयलाई नै धर्मशास्त्र भन्ने गरिएको हो । धर्मशास्त्र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विभिन्न आंगिक एवं सम्बन्धन प्राप्त विद्यापीठमा अध्यापन हुने गरेको छ । 

संस्कृत दिवसका अवसरमा विगत वर्षमा संस्कृत विश्वविद्यालय र जयतु संस्कृतम् संस्थाले विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष औपचारिक कार्यक्रम नगरी ऋषिमुनिको वैदिक दर्शन एवं संस्कृत क्षेत्रमा योगदानका विषयमा सम्झना गरिने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने