२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं १ मा १३९ सङ्क्रमित थपिए, कुन जिल्लामा कति थपिए सङ्क्रमित ?

२ भाद्र २०७७, मंगलवार १३:०७

भदौ २, विराटनगर (रासस) । प्रदेश नं १ मा आज १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, पाँचथर र प्रदेश १ बाहिरका दुई जना रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमण देखिएका मध्येमा ४२ महिला र ९७ जना पुरुष छन् । 

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना सङ्क्रमित भएका छन् । जसमा ३१ जना महिला र ६५ पुरुष छन् । बुढीगङ्गामा दुई महिला तीन पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको दमकमा सात पुरुष, भद्रपुरमा एक महिला पाँच पुरुष, झापा गाउँपालिकामा दुई पुरुष, कनकाइमा एक महिला र झापाको स्थानीय तह नखुलेका चार जना पुरुष, सुनसरीको इटहरीमा एक महिला दुई पुरुष, धरानमा दुई महिला एक पुरुष, सङ्खुवासभाको सभापोखरीका तीन पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा एकएक पुरुष, पाँचथरको कुम्मायकमा एक महिला र धनुषाका एक महिला र महोत्तरीका एक महिलामा कोरानाको सङ्क्रमण देखिएको छ ।

प्रदेश नं १ बाट आज ३४ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । घर फर्कनेमा कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरबाट १६ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १३३ पुगेको छ । 

यसै प्रदेशमा आज दुई हजार ६३१ जनाको पिसीआर परीक्षण गरिएको छ भने हालसम्म ७० हजार १०२ जनाको पिसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने