2026-09-08 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ भदौपछि हुने नियमित उडानमा विदेशबाट नेपाल को-कोले आउन पाउँछन् ?

भदौ १४, काठमाडौं । सरकारले १६ भदौदेखि लागू हुने गरी नियमित उडानको तालिका बनाएको छ । जस अनुरुप दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट हरेक दिन नियमित दुई उडान हुने भएका छन् ।

विदेशबाट आउने नियमित उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी जुनसुकै देशबाट नेपाल आउन सक्छन् । तर, विदेशी पर्यटकलाई भने नेपाल आउने अनुमति दिईएको छैन । तर, सरकारले कुटनीतिक नियोग, विकास साझेदार कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई नेपाल आउन दिने भएको छ । सोहीअनुसार सरकारले कुल ३३ वटा निकाय तथा संस्थाका कर्मचारी, प्रतिनिधि र उनीहरुका परिवारका सदस्यलाई भने नेपाल आगमनको अनुमति दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघ मातहतका डेड दर्जन निकायका कर्मचारी तथा पदाधिकारी र उनीहरुका परिवारका सदस्यलाई नेपाल आउने अनुमति दिइएको छ । नियमित उडानबाट नेपाल आउन पाउनेहरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघ शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को), संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपीए) र खाद्य तथा कृषि संगठन (एफएओ)का कर्मचारीहरु रहेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघ बाल कोष, संयुक्त राष्ट्रसंघीय सूचना केन्द (युएनआइसी), यूएन वुमन, संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन, विश्व बैंक मातहतका अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) र पुनर्निर्माण तथा विकासका लागि अन्तराष्ट्रिय बैंक (आईबीआरडी)का कर्मचारी तथा प्रतिनिधिलाई समेत नेपाल आउन दिइने भएको छ ।

त्यस्तै एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), अन्तर्राष्ट्रिय कृषि विकास कोष, जर्मनी, जापान, कोरिया, अमेरिका, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय सहायता एजेन्सीका कर्मचारी र उनीहरुका परिवारलाई समेत नेपाल आउने अनुमति मिल्नेछ ।

यी निकायका कर्मचारी र प्रतिनिधिलाई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगले भिसा उपलब्ध गराउने छ । नेपाल आउने सबैको पीसीआर अनिवार्य हुनुपर्छ । नेपाल आइसकेपछि भने विदेशीहरु ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग