2026-10-21 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमितको प्राकृतिक चिकित्साबाट थालियो उपचार

भदौ १८, चितवन | भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्साविधिबाट उपचार थालिएको छ । भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्ष्यण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो । 

गएको आइतबारबाट शुरु गरिएको आइसोलेसनमा हालसम्म ३१ जना महानगरवासी रहेका छन् । जसमा १३ जना महिला छन् । अभिभावकसँगै २ र ८ वर्षका दुई बच्चा पनि छन् । उनीहरुमा भने सङ्क्रमण छैन । 

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेसनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ जसका लागि बेलुका ५ बजेबाट बिहान ९ बजे सम्मको समयमा ठोस् पदार्थ खान दिइएको छैन । कोइरालाले भन्नुभयो “भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गरेका छौँ ।” यस विधिलाई जाइनो फेजी पनि भनिन्छ ।  

कोइरालाले यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिनुभयो । खाना नखाएपछि शरीरका कोषलाई ऊर्जा पुग्दैन । कोइरालाले भन्नुभयो, “कोषले ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।” 

प्राकृतिक चिकित्साविधि अन्तर्गत आइसोलेसनमा बसेकालाई बिहान पानीमा मह र कागती मिसाएर दिइन्छ । बिहान ६ बजेदेखि ७ बजेसम्म योग, त्यसपछि योगक्रिया जलनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ । प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योगपछि बिहान ९ बजे खाना खुवाइन्छ । 

कोइरालाले सूर्य स्नान  गराएर उच्च रक्तचाप, अक्सीजन मापन, धड्कन मापन जस्ता परिक्षणपछि सङ्क्रमितको अवस्थाकोबारेमा गुनासा भए चिकित्सक सहितको टोलीले सुन्ने जानकारी दिनुभयो । आइसोलेसनमा रहनेहरुलाई ११ बजे दाल, भात तरकारी सहीतको खाना खाएपछि केही समय आराम गर्न दिईन्छ । दिउँसो २ बजे मह, कागती पानी खाएपछि साँझ ५ बजे दाल, भात तरकारी सहितको पूर्ण भोजन गर्छन । साँझ प्र्राथना पछि आ–आफ्नो कला प्रस्तुत गर्दै रमाईलो गर्ने गर्दछन् । साँझ ७:३० देखि ८ बजे सम्म दुध र वेसार खाएर सुत्ने कोईरालाले जानकारी दिनुभयो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आइसोलेसनमा वसेकाहरु निकै खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो “त्यहाँ रहनुभएकाहरु निकै खुशी हुनुभएको छ । उहाँहरुलाई खुशी वनाएर निको वनाउन सक्दानै हामी सन्तुष्ट हुन्छौ ।” चिकित्सालयका चिकित्सक एवं कर्मचारीको मिहिनेतले पनि आइसोलेसनमा बस्नेहरु सन्तुष्ट वनेको दाहालको भनाई छ । त्यहाँ रहेका अन्य भवनहरुको पनि मर्मत सम्भार थालिएको छ । उहाँका अनुसार सबै मर्मत सम्भार गर्दा २ सय जना सम्म राख्न सकीने छ । 

कम खर्चमा मर्मत सम्भार हुनेलाई पहिलो प्राथमीकतामा राखिएको उहाँले जानकारी दिनुभयो । पहिलो प्राथमीकता महानगरवासी भएको भन्दै उहाँले आपत परे वाहिरकालाई पनि राखिने जानकारी दिनुभयो । जिल्लामा आजसम्म सङ्क्रमितको संख्या ८ सय ४७ पुगेको छ । जसमध्ये ५ सय २४ महानगरका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ