2026-10-26 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

भदौ २१,  काठमाडौँ । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । 

नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताउनुभयो । “आजभन्दा ५० वर्ष अघिसम्म जैविक कृषि प्रणाली थियो, त्यसलाई बिर्सिएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्याएर उब्जनी गर्दा ती अनाजका माध्यमबाट धेरै नसर्ने रोग फैलिएका छन्, दूध धेरै निकाल्न गाई, भैँसीमा लगाइने हार्मोन र एन्टियोबायोटिक जस्ता सुईले समेत मन्द विषको काम गरेका छन्”, उहाँले भन्नुभयो ।

जैविक कृषिसँगै योग, प्राकृतिक चिकित्सा पद्धतिका उपचार शैली बिर्सँदासमेत आधुनिक पद्धतिका औषधिका माध्यमबाट आएको ‘साइड इफेक्ट’ ले समेत रोग भित्र्याएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ योग तथा प्राकृतिक चिकित्सा विभागका प्रमुख रहनुभएका पोखरेलको भनाइ छ । आधुनिक चिकित्सा पद्धति शल्यक्रिया र आकस्मिक रोगका लागि फलदायी भएको उल्लेख गर्नुहुँदै उहाँले अन्य स्वास्थ्य समस्यामा आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धति राम्रो रहेको अनुभव सुनाउनुभयो ।

“जुनसुकै उपचार पद्धतिका राम्रा कुरा ग्रहण गरी नराम्रा कुरालाई त्यागिदियौँ भने हामी आरोग्यता प्राप्त गर्न सक्छौँ, कुनै पनि पद्धतिको अन्ध समर्थन गर्नुपर्दैन, सबै रोगको उपचार जडिबुटीमै भएकाले त्यसलाई चिन्नुपर्छ”, पोखरेलले भन्नुभयो ।

मानिसको सुत्ने, उठ्ने समयलगायत जीवन शैलीले पनि विभिन्न प्रकारका रोग आउने गरेकाले सचेत हुन उहाँले आह्वान गर्नुभयो । इन्टरनेटलाई दुरुपयोग गरेर घण्टौँ झुम्मिँदासमेत मानिस अनेक रोगका शिकार बनिरहेकाले सन्तुलित जीवन शैली रहेको परम्परागत पद्धतिको पुनःस्थापना गर्न पोखरेलले ध्यानाकर्षण गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने