Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन १२ गते, अपराह्न ४:५९ बजे अर्थ/विकास, सल्यान - SLN

सल्यानमा सवारी कारबाहीबाट तीस लाख राजस्व सङ्कलन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १२, सल्यान । जिल्लामा आव २०७२/७३ मा सवारी नियम उलङ्घन गर्ने १० हजार ६३१ सवारी चालकलाई कारबाही गरी रु ३० लाख राजस्व सङ्कलन गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीका अनुसार चालक अनुमतिपत्र, बिलबुक नबोक्ने, मापसे गरेर गाडी चलाउने, छतमा यात्रु राख्ने जस्ता ट्राफिक नियम विपरीतका कार्य गर्नेलाई कारबाही गरी राजस्व असुल गरिएको हो । सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।

सवारी नियमअनुसार तीन हजार ५९४ वटा मोटरसाइकल चालक, दुई हजार ३७२ वटा ट्र्याक्टर चालक, एक हजार ६७८ ट्रक चालक र एक हजार २०० बस चालकलाई कारबाही गरिएको हो ।

सम्भावित दुर्घटनाबाट जोगाउन छतमा यात्रु राख्ने, झुन्डिने, मोटरसाइकलमा तीन जना राख्ने र हेल्मेट नलगाई मोटरसाइकल चलाउनेलाई कडा निगरानीमा राख्ने गरेको कार्यालयले जनाएको छ । रासस