Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

‘तिमी कायर हैनौ छोरा’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

म बाँचुन्जेल सम्म तिम्रो आँखामा आँशु देख्न सक्दिन छोरा,

किनकी म तिम्रो आमा मात्र हैन, धड्कनको साथी पनि हुँ,

म तिमीलाई हावाको वेग सँग क्षितिजको यात्रा गराईदिन सक्छु छोरा,

दुनियाले तिमीलाई बौलाहा भनोस् कुनै पर्वाह छैन किनकी

तिमी एउटी आमाको ममतामयी धड्कन सँग जोडिएका छौ छोरा,

तिमी सक्दो बुन जीवनका सपनाहरु

ती युद्धको रक्तपातले तिमीलाई सलाम ठोक्न सकोस्,

एउटी आमाको पवित्र माया पैसामा किन्न पाईंदैन छोरा किनकी

तिमी मेरो एक एक थोपा रगतको संरचना हौ,

जव तिमीले यो दिलमा मायाको आवास गराउँछौ नी छोरा

तव म ठान्ने छु तिमी वयस्क भईसकेका छौ,

तिमीलाई लाग्न सक्छ छोरा यो संसारले तिमीलाई

आमाले भन्दा बढी माया गर्छ,

तिम्रो दुःख सुखमा साथी बन्छ, ति त खहरेका पानी हुन्

क्षण भरमा बिलाएर जाने छन् छोरा,

तिमी जीवनमा अनवरत श्वास फेरिरहनु

कुनै पल तिमी अँधेरोमा बिलायौ भने म ठान्नेछु

तिमी कायरहरुसँग झुकिसकेछौ छोरा ।

- लिला बल्लभ नेपाल, बिराटनगर