१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

३ आश्विन २०७७, शनिबार ०३:२८

असोज ३, कास्की | कास्की –गण्डकी प्रदेशका  प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सु:ख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

आजको  दिनले हामी सबैमा समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले जनतालाई राजनीतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आआफ्ना तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागि आह्वान गर्नुभएको छ ।

राष्ट्रिय समृद्धिको प्रमुख बाधक  भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध जुट्नका लागि राष्ट्रिय सङ्कल्पका लागि  आग्रह गर्दै उहाँले कोभिड–१९ को सङ्क्रमणबाट बच्न सजग र सतर्क रहन उहाँले सन्देशमा अनुरोध गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ