2026-10-26 05:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एक नेपाली सहित भारतीय पत्रकार र चीनीया महिला पक्राउ, यस्तो छ आरोप

असोज ३, काठमाडौँ | भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेचेको आरोपमा भारतमा प्रहरीले एक नेपाली युवा सहित भारतीय पत्रकार र चीनिया महिलालाई पक्राउ गरेको छ । सूचना चुहाउने भारतीय पत्रकारसँग सम्पर्क देखिएको भन्दै एक नेपाली समेत पक्राउ परेका हुन् । 

दिल्ली प्रहरीले शनिवार एक स्वतन्त्र भारतीय पत्रकार राजीव शर्मा, एक चीनीया महिला र एक नेपाली नागरिकलाई गिरफ्तार गरेको पुष्टि गरेको छ । उनीहरु विरुद्ध चीनको इंटेलिजेन्सलाई गोप्य जानकारी दिएको आरोप लागेको छ । प्रहरीका अनुसार सूचना बोर्डर स्ट्रेटेजी र सुरक्षासँग जोडिएको छ ।

पक्राउ परेका नेपाली ३० वर्षीय शेर सिंह उर्फ राज बोहोरा हुन् । दिल्लीस्थित नेपाली दूतावासले पनि बोहोरा पक्राउ परेको पुष्टि गरेको छ । 

दिल्ली प्रहरीको दावी छ कि पत्रकार राजीवसँग भारतीय सुरक्षासँग जोडिएको केहि सीक्रेट दस्तावेज समेत बरामद गरिएको छ । राजीवलाई त्यसको बदला पैसा दिने गरिएको बताइएको छ । भारतीय पत्रकार राजीवलाई चार दिनअघि पक्राउ गरिएको थियो । त्यसको अनुसन्धानको क्रममा दिल्लीका स्वतन्त्र पत्रकार राजिव शर्मासँग सम्पर्क देखिएपछि नेपाली युवा बोहोरालाई पनि पक्राउ गरिएको हो । त्यस्तै प्रहरीले चिनियाँ ३० बर्षीय महिला क्विङ सीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुले गोप्य सूचना दिएर त्यसबापत पैसा लिने गरेको आरोप लगाइएको छ । नेपाली र चीनिया नागरिकले भारतमा एक कम्पनी चलाएर स्वतन्त्र पत्रकार राजिवको सहयोगमा सूचना लिने गरेको बताइएको छ । पत्रकार राजीवले सीमामा भारतीय सेनाको रणनीतिक र फौज परिचालनसम्बन्धी विषयमा चिनियाँ नागरिकलाई सूचना दिएको दिल्ली पुलिसको आरोप छ ।

दिल्ली पुलिसका डीसीपी सञ्जिवकुमार यादवका अनुसार पक्राउ परेका पत्रकारले एक चिनियाँ मिडियामा सन् २०१० देखि २०१४ को बीचमा साप्ताहिक रुपमा स्तम्भ लेखेका थिए । त्यसलाई हेरेर चीनकी मिचेल नामक महिलाले कुन्मिङ शहरबाट उनीलाई सम्पर्क गरेको पाइएको यादवले बताए । उनी सन् २०१९ मा काठमाडौं हुँदै चीनसम्म पुगेको पनि यादवको भनाइ छ ।

चीनबाट फर्किएपछि सूचना चुहाउन थालेको र एउटा सूचनावापत १ हजार डलर पाउने गरेको डीसीपी यादवको दाबी छ । पत्रकार शर्नमाले हालसम्म उक्त कम्पनीबाट १० पटकमा ४० लाखभन्दा बढी रकम लिइसकेको बताइएको छ ।

नेपाली नागरिक बोहोरा भने राजिवसँग सम्पर्कमा रहेको भन्ने आरोपकै आधारमा मात्रै पक्राउ परेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने