2026-09-08 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा एक नेपाली सहित भारतीय पत्रकार र चीनीया महिला पक्राउ, यस्तो छ आरोप

असोज ३, काठमाडौँ | भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेचेको आरोपमा भारतमा प्रहरीले एक नेपाली युवा सहित भारतीय पत्रकार र चीनिया महिलालाई पक्राउ गरेको छ । सूचना चुहाउने भारतीय पत्रकारसँग सम्पर्क देखिएको भन्दै एक नेपाली समेत पक्राउ परेका हुन् । 

दिल्ली प्रहरीले शनिवार एक स्वतन्त्र भारतीय पत्रकार राजीव शर्मा, एक चीनीया महिला र एक नेपाली नागरिकलाई गिरफ्तार गरेको पुष्टि गरेको छ । उनीहरु विरुद्ध चीनको इंटेलिजेन्सलाई गोप्य जानकारी दिएको आरोप लागेको छ । प्रहरीका अनुसार सूचना बोर्डर स्ट्रेटेजी र सुरक्षासँग जोडिएको छ ।

पक्राउ परेका नेपाली ३० वर्षीय शेर सिंह उर्फ राज बोहोरा हुन् । दिल्लीस्थित नेपाली दूतावासले पनि बोहोरा पक्राउ परेको पुष्टि गरेको छ । 

दिल्ली प्रहरीको दावी छ कि पत्रकार राजीवसँग भारतीय सुरक्षासँग जोडिएको केहि सीक्रेट दस्तावेज समेत बरामद गरिएको छ । राजीवलाई त्यसको बदला पैसा दिने गरिएको बताइएको छ । भारतीय पत्रकार राजीवलाई चार दिनअघि पक्राउ गरिएको थियो । त्यसको अनुसन्धानको क्रममा दिल्लीका स्वतन्त्र पत्रकार राजिव शर्मासँग सम्पर्क देखिएपछि नेपाली युवा बोहोरालाई पनि पक्राउ गरिएको हो । त्यस्तै प्रहरीले चिनियाँ ३० बर्षीय महिला क्विङ सीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुले गोप्य सूचना दिएर त्यसबापत पैसा लिने गरेको आरोप लगाइएको छ । नेपाली र चीनिया नागरिकले भारतमा एक कम्पनी चलाएर स्वतन्त्र पत्रकार राजिवको सहयोगमा सूचना लिने गरेको बताइएको छ । पत्रकार राजीवले सीमामा भारतीय सेनाको रणनीतिक र फौज परिचालनसम्बन्धी विषयमा चिनियाँ नागरिकलाई सूचना दिएको दिल्ली पुलिसको आरोप छ ।

दिल्ली पुलिसका डीसीपी सञ्जिवकुमार यादवका अनुसार पक्राउ परेका पत्रकारले एक चिनियाँ मिडियामा सन् २०१० देखि २०१४ को बीचमा साप्ताहिक रुपमा स्तम्भ लेखेका थिए । त्यसलाई हेरेर चीनकी मिचेल नामक महिलाले कुन्मिङ शहरबाट उनीलाई सम्पर्क गरेको पाइएको यादवले बताए । उनी सन् २०१९ मा काठमाडौं हुँदै चीनसम्म पुगेको पनि यादवको भनाइ छ ।

चीनबाट फर्किएपछि सूचना चुहाउन थालेको र एउटा सूचनावापत १ हजार डलर पाउने गरेको डीसीपी यादवको दाबी छ । पत्रकार शर्नमाले हालसम्म उक्त कम्पनीबाट १० पटकमा ४० लाखभन्दा बढी रकम लिइसकेको बताइएको छ ।

नेपाली नागरिक बोहोरा भने राजिवसँग सम्पर्कमा रहेको भन्ने आरोपकै आधारमा मात्रै पक्राउ परेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग