२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेवारिसे शिशुको १२ घण्टापछि उद्धारः आमासहित दुई पक्राउ

१९ आश्विन २०७७, सोमबार १६:१५

असोज १९, सल्यान (रासस) । जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको आज बिहान उद्धार गरिएको हो ।

आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर गएको प्रहरीले जनाएको छ  । 

श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शिशु अस्पताल पु¥याएर उपचार शुरु गरेलगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिुनभयो । 

प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फाल्ने महिला र अवैध सम्बन्ध राख्ने भनिएका शारदा – २ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ । 

करीब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अवैध सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने डरले  जङ्गलमा फालेर घर गएको भनी परियारले बयान दिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ