३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपीएलमा दिल्ली शिर्ष स्थानमा, राजस्थान १३ रनले पराजित

२८ आश्विन २०७७, बुधबार १८:०४

असोज २८, काठमाडौँ | आइपीएलको जारी १३ औं सिजनको  ३० औं खेलमा दिल्लीले राजस्थानलाई १३ रनले पराजित गरेको छ । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । दिल्लीलाई मध्यम योगफलमा पुर्याउन कप्तान श्रेयस ऐर र शिखर धवनले अर्धशतकीय इनिङ खेले । धवनले ३३ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको महत्वपूर्ण योगदान दिए । ऐरले ४३ बलमा ३ चौका र २ छक्का सहित ५३ रनको योगदान दिएका थिए ।


दिल्लीको ७ विकेट लिने क्रममा राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । श्रेयस गोपालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । जयदेव उनादकटले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

त्यसपछि ब्याटिङमा उत्रिएको राजस्थानले दिल्लीले दिएको लक्ष्य भेट्न सकेन । राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा २९ रन आवश्यक रहेको थियो । १८ औं ओभरमा एनरिच नोर्टजेले एक विकेट लिदै ४ रन खर्चेका थिए । १९ औं ओभरमा कागिसो रबाडाले तीन रन खर्चेर १ विकेट लिएपछि नतिजा दिल्लीको पक्षमा गयो । अन्तिम ओभरमा राजस्थानलाई २२ रन चाहिँएको थियो । डेब्यु खेल खेलि रहेका तुषारदेश पान्डेले एक विकेट लिदै ८ रन मात्र खर्चिएर रोमाञ्चक जित दिलाए ।


राजस्थानलाई ओपनर जस बटलर र बेन स्टोक्सले ३ ओभरमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तेस्रो ओभरको अन्तिम बलमा एनरिच नोर्टजेले बटलरलाई २२ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । बटलरले ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चौथो ओभरको अन्तिम बलमा रविचन्द्रन आश्विनले कप्तान स्टिभ स्मिथलाई एक रनमा आफ्नै बलमा क्याचआउट गरेका थिए ।


राजस्थानको ब्याटिङका क्रममा ११ औं ओभरको दोस्रो बलमा डेब्यु खेल खेलेका तुषार देशपान्डेले बेन स्टोक्सलाई वैकल्पिक फिल्डर ललित यादवबाट ४१ रनमा क्याच गराउँदै आफ्नो पहिलो विकेट लिन सफल भए । स्टोक्सले ३५ बलमा ६ चौका प्रहार गरे । अक्षर पटेलले १२ औं ओभरको चौथो बलमा सन्जु स्यामसनलाई २५ रनमा बोल्ड आउट गरे । १४ औं ओभरको दोस्रो बलमा रियान पराग एक रनमा रन आउट भएका थिए। 

राजस्थानलाई लक्षित रन पुरा गर्न नदिने क्रममा दिल्लीको लागि एनरिच नोर्टजेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । अक्षर पटेटले एक विकेट लिए ।

जारी आईपीएलमा बिहिबार बेलुका रोयल च्यालेन्जर्स ब्यांग्लोर र किंग्स ईलाभेन पन्जावबीच खेल हुँदैछ । 

बुधबारको खेल जितेसंगै दिल्ली आइपीएल सिजन १३ को हालसम्मको अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ८ खेलबाट ६ खेल जित्दै १२ प्वाइन्ट प्राप्त गरेको छ ।

त्यस्तै दोश्रो स्थानमा रहेको मुम्बई इन्डीएन्सले ७ खेलमा ५ खेल जित्दै १० अंक बटुलेको छ । त्यसपछि क्रमश ब्यांग्लोर, कोलकाता, हैदरावाद, चेन्नई, राजस्थान र पन्जाब रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड