साउन १५, एजेन्सी | फेसबुक मार्फत साथि बनेका एक जना १८ बर्षीय युवकले एकजना २७ बर्षीय बिबाहित महिलालाई यतिसम्म दु:ख दिए कि उनले बिष सेवन गरि आत्महत्या गर्न बाध्य बन्नुपर्यो । तर उक्त महिलाले आफुले आत्महत्या गर्नु अग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, एजेन्सी | फेसबुक मार्फत साथि बनेका एक जना १८ बर्षीय युवकले एकजना २७ बर्षीय बिबाहित महिलालाई यतिसम्म दु:ख दिए कि उनले बिष सेवन गरि आत्महत्या गर्न बाध्य बन्नुपर्यो । तर उक्त महिलाले आफुले आत्महत्या गर्नु अग"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

१८ बर्षीय फेसबुक फ्रेण्डले यतिसम्म गरे, जसको कारण दुई बच्चाकि आमाले गरिन आत्महत्या

१५ श्रावण २०७३, शनिबार ०९:०९

साउन १५, (भारत) एजेन्सी | घटना छिमेकी मुलुक भारतको हो | फेसबुक मार्फत साथि बनेका एक जना १८ बर्षीय युवकले एकजना २७ बर्षीय बिबाहित महिलालाई यतिसम्म दु:ख दिए कि उनले बिष सेवन गरि आत्महत्या गर्न बाध्य बन्नुपर्यो । तर उक्त महिलाले आफुले आत्महत्या गर्नु अगाडी नै प्रहरी महिला सेलमा मुद्दा गरेर सबै घटना बताएकी थिईन । जसको कारण ति महिलाको आत्महत्या पछी उनलाई फेसबुकबाट दु:ख दिने युवक पक्राउ परेका छन |

ति महिलाले छिमेकी १८ बर्षका एकजना युवकमाथि आरोप लगाएकि थिईन् कि उसले पहिले फेसबुकमा साथि बनायो र पछी सारीरिक सम्बन्ध बनाउनको लागि दबाव दियो । उसले ति महिलाको अश्लील तश्विरहरु र भिडियोबाट ति महिलालाई ब्ल्याकमेल गर्ने गरेको थियो । 

आत्महत्या गर्ने २७ बर्षीय नवनीत कौर नाम भएकी महिला दुई बच्चाकि आमा थिईन । उनको फेसबुकमा साथि घर नजिकै पर्ने एक जना छिमेकी युवक जसको नाम अतुल अत्री थियो । प्रहरी सूत्रको अनुसार ति युवकसँग नवनीतको अश्लील भिडियो र तश्विरहरु थियो, जसको बलमा उसले लगातार ति महिलालाई शारीरिक सम्बन्ध बनाउनको लागि दु:ख दिने गरेको थियो । ति महिलाले १४ जुलाईमा मोडल टाउन थानामा ति युवक बिरुद्ध कम्प्लेन दिएकी थिईन तर १७ जुलाईको दिन ति युवकले माफी मागे र दुवै पक्षमा सम्झौता भयो । महिलाको पतिले पुलिसलाई बताए अनुसार सम्झौता पछी पनि युवकले उसकी पत्नीलाइ फोन गरेर दु:ख दिन थाल्यो । उसले आफुसँग ति महिलाको अश्लील भिडियो र तश्विरहरु छ भन्ने दावी गर्दै त्यसलाई सार्वजनिक गर्ने धम्कि दिन थालेको थियो । यसै कुराबाट तनाबमा परेकी उनकी पत्नी नवनीत कौरले सोमवार साँझ बिष पिएर आत्म हत्या गरिन् । उनलाई गंभीर अवस्थामा एक निजी अस्पतालमा भर्ना गरियो, तर उनको मृत्यु भयो । 

उता यसै कुराको लागि आरोपित १८ बर्षीय अतुललाई प्रहरीले गिरफ्तार गरि सोधपुछ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ