२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३२ देशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए

२०७७, १२ कार्तिक बुधबार ०३:४०

कात्तिक १२, काठमाडौँ | कोरोना महामारीका क्रममा विभिन्न ३२ देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् । कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएकोमा बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको थियो । त्यसयता आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर नेपालीहरु स्वदेश फर्किईरहेका छन् । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगेका नेपालीहरु ठूलो संख्यामा रहेका छन् । 

हालसम्म ३२ देशबाट नेपाली फर्किएकोमा जोर्डनबाट ५७७, साइप्रसबाट ६४, इराकबाट ३९ र भारतबाट ८५ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका छन् । भारतमा कार्यरत ठूलो संख्याका नेपाली स्थलमार्गबाट समेत नेपाल प्रवेश गरेका छन् । 

त्यस्तै अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २१ सय २६, कतारबाट २३ हजार ३, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ र जापानबाट ३ हजार ५४१ नेपाली स्वदेश फर्किएका छन् । 

त्यस्तै थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३०, मलेसियाबाट १७ हजथार ९२४ नेपाली स्वदेश फर्किँदा माल्दिभ्सबाट १ हजार २६ नेपाली स्वदेश फर्किएका छन् । 

यसैगरी श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ६९५, साउदी अरेबियाबाट १७ हजार ३२२, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११, बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९ र इजरायलबाट १२७ नेपाली स्वदेश फर्किएका छन् । 

त्यस्तै चीनबाट ५४०, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १० र  दक्षिण सुडानबाट २५० नेपाली स्वदेश फर्किएका छन् । 

नेपाल फर्किनेहरुलाई एयरपोर्ट झर्नेबित्तिकै सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमार्फत सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनमा पठाउने गरिएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी