साउन १५, सनफ्रानसिस्को । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, सनफ्रानसिस्को । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् । 
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

अभिनेता राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव

१५ श्रावण २०७३, शनिबार १२:४०

साउन १५, सनफ्रानसिस्को । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् । 

सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत र मदर ल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले हमालको सम्मानमा आयोजना गरेको रात्रीभोजमा विश्वका विभिन्न क्षेत्रबाट सहभागी बनेका नेपालीले यस प्रकारको प्रस्ताव राखेका हुन् । 

‘राजनीतिक दलका नेता र प्रशासकहरुको काम हेरियो, उनीहरुले मुलुकलाई अघिबढाउन सकेनन्, अब हामीलाई तपाईंजस्ता कलाकार चाहिएको छ, नागरिक समाजले देश चलाउनुप¥यो’ डीसी नेपालको प्रत्यक्ष प्रसारणमा सहभागी सयौं नेपालीमध्ये अधिकांशको यही प्रश्न थियो । तर हमालले यस प्रश्नको कूटनीतिक जबाफ दिएका थिए, ‘सदाशयताका लागि धन्यवाद, हेरौं भविष्य के हुन्छ !’

स्मरण रहोस्, राजेशका पिता चूडाबहादुर हमाल पनि राजदूत थिए । उनको असामयिक निधन पाकिस्तानका लागि राजदूत नियुक्त भएपछि भएको थियो । 

राजेशलाई अमेरिका ल्याउन यस पटक स्थानीय युवाहरु प्रकाश थापा, प्रिन्स युवराज कार्कीको योगदान रहेको छ भने अर्का युबा राजेन्द्रबाबु जोशी ले पनि बे एरियामा राम्रो समाज सेवा गरेको कुरा पाण्डेले जानकारी गराएका छन् । 

राजेशले २३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् । पाण्डेको निवासमा सम्पन्न रात्रीभोजमा बे–एरिया क्षेत्रमा रहेका विशिष्ट व्यक्ति, व्यापारी र उद्यमीहरु गरी करिब ४० सहभागीको उपस्थिति थियो ।  अन्तमा पाण्डेले मौका आएमा राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव राख्नुको साथै हाम्रो समर्थन छ, उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार