१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखाको ठोट्नेरी खोलामाथि ५० लाखमा झोलुङ्गे पुल निर्माण

२९ कार्तिक २०७७, शनिबार १०:०२

कात्तिक २९, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास परियोजनाको आर्थिक सहयोग र हिमाली क्षेत्र विकास केन्द्रको समन्वयमा सो पुल निर्माण गरिएको हो ।

पुल निर्माणमा कूल रु ४९ लाख ९१ हजार ३७६ खर्च भएको केन्द्रका संयोजक वीरबल घलेले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाइ ८६ मिटर रहेको छ । पुल निर्माण भएसँगै स्थानीय शङ्कदेवी आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई आवतजावतमा सजिलो भएको स्थानीयवासी राजकुमार ढकालले जानकारी दिनुभयो ।  “झोलुङ्गे पुल नहुँदासम्म बालबालिकाले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, “पुल बनेसँगै अब ढुक्कसँग हाम्रा बालबालिकालाई विद्यालय पठाउन सक्ने भएका छाँै ।” उक्त झोलुङ्गे पुलबाट मान्बु ठोट्नेरीदेखि छापगाउँ हुँदै धादिङको बसेरी गाउँसम्मका मानिस दैनिक आउजाँउ गर्ने ढकालले बताउनुभयो ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु