Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ११ को मृत्यु, ७ नेपालीको सनाखत

By साझासवाल 3 मिनेट पढाइ

मङ्सिर २, काठमाडौँ | हङकङको याउमातेइमा नेपालीले स्वीकृति नलिई सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

उक्त आगलागीमा परि ११ जना मृत्यु भएका मध्ये सात नेपाली रहेका छन् । आगलागीमा परि अरु ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् ।

तश्विर : एप्पल डेली

आइतबार राति ८ बजेतिर आगलागी हुँदा मृत्यु हुने नेपालीहरुमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङ रहेका छन् ।

उक्त आगलागीमा परेका बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपालीहरुले चलाएको जिरे खुर्सानी नामक उक्त रेष्टुरेन्टमा जन्मदिन  मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको प्रहरीले जानकारी दिएको छ ।