२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती

२०७७, २८ पुष मंगलवार ०४:१९

पुस २८,  अस्ट्रेलिया | अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपाली भनेर गर्ब गर्न पाइने अबसर प्रदान गरिदिनुहुने राष्ट्रिय एकताका प्रतिक श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्मानमा हामीले मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस यो बर्ष २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहंदा बिगतमा भोग्न परेका कठीनतम एबं जटिलतम समस्याहरुमाथि बिस्लेषण गरेर यस्लाई "ग्रेटर नेपाल" पुन:स्थापना उत्प्रेरक दिवसको रुपमा मनाइनु पर्ने किसिमले सोंचलाई परिमार्जन गर्दै श्री ५ बडामहाराज पृथ्वीनारायण शाहप्रति अझै उच्च सम्मान गर्नु पर्ने बताउनु भयो ।

एनआरएन आइसिसि सदस्य दुर्गा आचार्यले पृथ्वीनारायण शाहका दिब्योपदेशहरुको चर्चा गर्दै ती उपदेशहरु अहिलेको नेपालको सन्दर्भमा पनि उत्तिक्कै महत्व र समय सापेक्षको रहेको कुरामा जोड दिनुभयो । डिकिन यूनिभर्सिटीमा प्राध्यापन गरिराख्नु भएका डा असीम श्रेष्ठले पृथ्वीनारायण शाहले गर्नु भएको नेपाल एकीकरणका कारण आज हामीले नेपाली भनेर गर्ब गर्न पाएकोले उहाँप्रति कृतज्ञ हुनुपर्ने बताउनु भयो ।

दिदीबहिनी समाज भिक्टोरियाका प्रभा श्रेष्ठ र बर्षा केसी राजभण्डारी र बिभिन्न समुदायको प्रतिनिधिको उपस्थितिमा भएको उक्त कार्यक्रममा कार्यक्रमको आयोजनाको लागि पहल गर्नुहुने अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीले छोटो समयको जानकारीका बाबजुद समय मिलाएर आउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी बर्ष तयारी गरेर भब्यताका साथ मनाइनुपर्ने बताउनु भयो ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन