२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती

२८ पुष २०७७, मंगलवार ०४:१९

पुस २८,  अस्ट्रेलिया | अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपाली भनेर गर्ब गर्न पाइने अबसर प्रदान गरिदिनुहुने राष्ट्रिय एकताका प्रतिक श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्मानमा हामीले मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस यो बर्ष २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहंदा बिगतमा भोग्न परेका कठीनतम एबं जटिलतम समस्याहरुमाथि बिस्लेषण गरेर यस्लाई "ग्रेटर नेपाल" पुन:स्थापना उत्प्रेरक दिवसको रुपमा मनाइनु पर्ने किसिमले सोंचलाई परिमार्जन गर्दै श्री ५ बडामहाराज पृथ्वीनारायण शाहप्रति अझै उच्च सम्मान गर्नु पर्ने बताउनु भयो ।

एनआरएन आइसिसि सदस्य दुर्गा आचार्यले पृथ्वीनारायण शाहका दिब्योपदेशहरुको चर्चा गर्दै ती उपदेशहरु अहिलेको नेपालको सन्दर्भमा पनि उत्तिक्कै महत्व र समय सापेक्षको रहेको कुरामा जोड दिनुभयो । डिकिन यूनिभर्सिटीमा प्राध्यापन गरिराख्नु भएका डा असीम श्रेष्ठले पृथ्वीनारायण शाहले गर्नु भएको नेपाल एकीकरणका कारण आज हामीले नेपाली भनेर गर्ब गर्न पाएकोले उहाँप्रति कृतज्ञ हुनुपर्ने बताउनु भयो ।

दिदीबहिनी समाज भिक्टोरियाका प्रभा श्रेष्ठ र बर्षा केसी राजभण्डारी र बिभिन्न समुदायको प्रतिनिधिको उपस्थितिमा भएको उक्त कार्यक्रममा कार्यक्रमको आयोजनाको लागि पहल गर्नुहुने अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीले छोटो समयको जानकारीका बाबजुद समय मिलाएर आउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी बर्ष तयारी गरेर भब्यताका साथ मनाइनुपर्ने बताउनु भयो ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो