2026-09-08 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा मुक्तक सङ्ग्रह ‘झिल्को’ विमोचित

माघ २३, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई स्रष्टालाई नगदसहित सम्मानका साथै संस्थाको तेस्रो अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथिसमेत रहनुभएका प्राज्ञ सरूभक्त श्रेष्ठले मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन गर्नुभयो । दोस्रो चरणमा रेडियोकर्मी तथा गीतकार रमेश पौडेल मुक्तककार रामजी आचार्य, सुनिल अधिकारी, नृपेश उप्रेती, गङ्गा पौडेल, सन्तोष अम्गाईं, विष्णु वाग्लेले आफ्ना मुक्तक वाचन गर्नुभयो ।

त्यस्तै प्रतिष्ठानले नेपाली मुक्तकको विकास र विस्तारका लागि अतुलनीय योगदान दिएबापत मुक्तककार प्राञ्जललाई ‘युवा मुक्तक प्रतिभा सम्मान २०७६’ तथा संस्थालाई विशेष योगदान दिएबापत ‘सक्रिय सदस्य सम्मान’ बाट दीपकराज बञ्जाडेलाई सम्मान गरिएको थियो । सम्मान राशि जनही रु ११ हजार १११ थियो । प्रतिष्ठानले यो सम्मान कार्यक्रम हरेक वर्ष निरन्तर गर्ने पनि बताएको छ । 

भेलाले सर्वसम्मतरुपमा आरएनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्दोष शिव, उपाध्यक्ष तपेन्द्र विष्ट, महासचिव प्रचण्ड सापकोटा, सचिव दीप रावल, कोषाध्यक्ष आरपिसी सङ्गम र सहकोषाध्यक्ष राम सुवेदीलगायत ४० जनाभन्दा बढी सदस्य चयन भएका छन् । साहित्यकार सरुभक्तले नेपाल मुक्तक प्रतिष्ठानले मुक्तकको विकासमा पु¥याएको उल्लेख योगदानको प्रशंसासमेत गर्नुभयो । कार्यक्रम कोरोना कहरका कारण भर्चुअल माध्यमबाट सम्पन्न गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग