2026-10-26 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा मुक्तक सङ्ग्रह ‘झिल्को’ विमोचित

माघ २३, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई स्रष्टालाई नगदसहित सम्मानका साथै संस्थाको तेस्रो अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाका अध्यक्ष रामचन्द्र शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथिसमेत रहनुभएका प्राज्ञ सरूभक्त श्रेष्ठले मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन गर्नुभयो । दोस्रो चरणमा रेडियोकर्मी तथा गीतकार रमेश पौडेल मुक्तककार रामजी आचार्य, सुनिल अधिकारी, नृपेश उप्रेती, गङ्गा पौडेल, सन्तोष अम्गाईं, विष्णु वाग्लेले आफ्ना मुक्तक वाचन गर्नुभयो ।

त्यस्तै प्रतिष्ठानले नेपाली मुक्तकको विकास र विस्तारका लागि अतुलनीय योगदान दिएबापत मुक्तककार प्राञ्जललाई ‘युवा मुक्तक प्रतिभा सम्मान २०७६’ तथा संस्थालाई विशेष योगदान दिएबापत ‘सक्रिय सदस्य सम्मान’ बाट दीपकराज बञ्जाडेलाई सम्मान गरिएको थियो । सम्मान राशि जनही रु ११ हजार १११ थियो । प्रतिष्ठानले यो सम्मान कार्यक्रम हरेक वर्ष निरन्तर गर्ने पनि बताएको छ । 

भेलाले सर्वसम्मतरुपमा आरएनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्दोष शिव, उपाध्यक्ष तपेन्द्र विष्ट, महासचिव प्रचण्ड सापकोटा, सचिव दीप रावल, कोषाध्यक्ष आरपिसी सङ्गम र सहकोषाध्यक्ष राम सुवेदीलगायत ४० जनाभन्दा बढी सदस्य चयन भएका छन् । साहित्यकार सरुभक्तले नेपाल मुक्तक प्रतिष्ठानले मुक्तकको विकासमा पु¥याएको उल्लेख योगदानको प्रशंसासमेत गर्नुभयो । कार्यक्रम कोरोना कहरका कारण भर्चुअल माध्यमबाट सम्पन्न गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने