2026-10-26 04:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलमा नेपाली सङ्गीत

माघ २६, पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा सक्रिय सिलवाल विदेशी भूमि पोर्चुगल आएपछि प्रायःजसो नेपाली गीत सङ्गीतका कार्यक्रममा व्यस्त भइरहनु हुन्छ ।

 नेपालीको सङ्ख्या अत्याधिक रहेकाले  कार्यक्रम पनि लगातार भई रहन्छन् । उहाँलाई सङ्गीतको नशाले छाड्न सकेन तर पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण कार्यक्रम ठप्प छन् । उहाँको गीतसङ्गीत र अभिनयप्रतिको मोह घटेको छैन । उहाँले यो समयमा लगभग आधा दर्जन म्युजिक भिडियो निर्देशन, सम्पादन गरेर युटुवमार्फत सार्वजनिक गरिसक्नुभएको छ भने युरोपकै कथामा आधारित हैट युरोप टेलिशृङ्खला निर्देशन गरिरहनुभएको छ ।

साथै उहाँले लोक दोहोरीको कार्यक्रम चौतारी र नेपाल बाहिरका नेपाली कार्यक्रम पनि उत्पादन गरेर युटुवमार्फत प्रसारण गर्नुभएको छ । जेबी ओली वैदेशिक रोजगारको सिलसिलामा छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा हुँदा लोक तथा दोहोरी गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक ओलीले आफू र आफ्नो परिवारको उज्वल भविष्य बनाउने सपना देखेर युरोपेली मूलुक बेल्जियममा साङ्गीतिक कार्यक्रममा आएका बखत यतै बस्ने निर्णय गर्नुभयो ।

यतै बस्ने मन पटक्कै थिएन सङ्गीत क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धाको कारण कलाकारिताको बजार नभएको र आफ्नो गुजारा चलाउन कठिनाई भएपछि मनलाई दर्हो बनाएर यतै बसेको उहाँ बताउनुहुन्छ ।  प्रवासी भएपछि आफ्नो रुचिको पेशालाई समय दिनै समस्या आएको उहाँले बताउनुभयो । उहाँले शुरुशुरुमा आफ्नो काम, बसाइँ अनुमतिपत्र बनाउनतर्फ मेहनत  गर्नुपर्यो । पोर्चुगलको बसाइँ अनुमतिपत्र बनेपछि आफ्नो कामबाट समय निकाल्दै साङ्गीतिक कार्यक्रममा सहभागी भएर आफ्नो गायन कला  प्रस्तुत गर्न थालेको उहाँ बताउनुहुन्छ ।

दुई दर्जन बढी चर्चित लोकगित सङ्गीत पारखीको माझमा पस्कनुका साथै लाइभ दोहोरी प्रतियोगितामा प्रथम हुनुभएका गायक ओली पछिल्लो समयमा युरोपेलीमूलुक स्पेन, डेनमार्क, नर्वे, बेल्जियमलगायतका  देशमा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति गर्दै आउनुभएको छ ।  उहाँ मञ्चमा कार्यक्रम हुन छाडेपछि भर्चुअल माध्यमबाट सङ्गीत प्रेमीको तिर्खा मेटाउँदै आउनुभएको छ । उहाँ पनि युटुब, टिकटक र फेसबुक लाइभमा व्यस्त हुनुहुन्छ ।

उहाँ जस्तै रोल्पाकी अङ्किता मगरको सपना पनि युरोपको बसाइँ अनुमतिपत्र बनाउने सोचाइका साथ दुई वर्षसम्म नेपालमा सिकेको सङ्गीतलाई बिट मार्दै पाँच वर्ष पहिला विदेश पलायन हुनुभयो । हाल उहाँ पोर्चुगलमा हुनुहुन्छ । उहाँ वैदेशिक रोजगारसँगै आफ्नो गायन पेशामा निरन्तर हुनुहुन्छ । उहाँले एक दर्जन भन्दा बढी लोकगित र आधुनिक गित बजारमा ल्याइसक्नुभएको छ भने केही गीत पोर्चुगलमै रेकर्ड गरेर बजारमा आउँदैछन् । उहाँ पनि अहिले सामाजिक सञ्जालको प्रयोगमार्फत आफ्ना शुभचिन्तकलाई मनोरञ्जन दिँदै आफूले पनि सङ्गीतलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ ।

  हार्मोनियम लिएर प्रायःजसो फेसबुक लाइभमा देखिने अर्का गायक पूर्ण अर्याल नेपालमा छँदा स्कुले जीवनबाटै अतिरिक्त कार्यक्रममा सहभागी हुँदाहँुदै गायन क्षेत्रमा लाग्नुभएको थियो । अर्याल  थुप्रै लोकदोहोरी गीति एल्बम निकाल्दै , प्रत्यक्ष प्रतियोगितामा सहभागी हुँदै आफ्नो कलाकारितामा सक्रिय भएर लाग्नुभएको थियो ।

राजनीति र व्यवसायमा सक्रिय चिजकुमार तामाङ पोर्चुगलमा पुराना र सहयोगी व्यक्तिमा गनिनुहुन्छ । पछिल्लो समय कोभिड–१९ का कारण पोर्चुगलमा कार्यक्रम भएका छैनन् । उहाँ पनि अहिले प्रायःजसो सारङ्गी, मादल र हार्मोनियमसँगै फेसबुक प्रत्यक्ष प्रसारणमा नै देखिनुहुन्छ । कोभिडले त्रास र तनाब त छ्दैछ त भाषणको जिन्दगीबाट फुर्सदको यो समय उहाँको लागि छुट्टै आनन्दले बितिरहेको उहाँ बताउनुहुन्छ् । स्कुले जीवनमा सिकेको सङ्गीत र व्यस्तताले गुमाउँदै गरेको रहर अहिले फेसबुकलाईभमार्फत पोख्न्नुको खुशी उहाँ बारम्बार व्यक्त गर्दै पुराना कालजयी गीत प्रस्तुत गरिरहनुहुन्छ ।

 यी त पोर्चुगललाई कर्मथलो बनाएका कलाकार पात्रहरु मात्रै हुन । पोर्चुगलमा थुप्रै कलाकार हुनुहुन्छ । कोभिड –१९ का कारण काम गुमाएर बस्ने नेपालीको सङ्ख्या अत्यधिक छ । यस्तो प्रतिकूल अवस्थामा कलाकारले आफ्नो कलालाई यसरी प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गराइरहदा दर्शकको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया आएको उहाँहरुले बताउनुहुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने