By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पोर्चुगलमा नेपाली सङ्गीत
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पोर्चुगलमा नेपाली सङ्गीत
काठमाडौँ - KTMप्रवास

पोर्चुगलमा नेपाली सङ्गीत

साझासवाल
Last updated: February 8, 2021 7:35 am
साझासवाल
4 Min Read
Share

माघ २६, पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा सक्रिय सिलवाल विदेशी भूमि पोर्चुगल आएपछि प्रायःजसो नेपाली गीत सङ्गीतका कार्यक्रममा व्यस्त भइरहनु हुन्छ ।

 नेपालीको सङ्ख्या अत्याधिक रहेकाले  कार्यक्रम पनि लगातार भई रहन्छन् । उहाँलाई सङ्गीतको नशाले छाड्न सकेन तर पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण कार्यक्रम ठप्प छन् । उहाँको गीतसङ्गीत र अभिनयप्रतिको मोह घटेको छैन । उहाँले यो समयमा लगभग आधा दर्जन म्युजिक भिडियो निर्देशन, सम्पादन गरेर युटुवमार्फत सार्वजनिक गरिसक्नुभएको छ भने युरोपकै कथामा आधारित हैट युरोप टेलिशृङ्खला निर्देशन गरिरहनुभएको छ ।

साथै उहाँले लोक दोहोरीको कार्यक्रम चौतारी र नेपाल बाहिरका नेपाली कार्यक्रम पनि उत्पादन गरेर युटुवमार्फत प्रसारण गर्नुभएको छ । जेबी ओली वैदेशिक रोजगारको सिलसिलामा छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा हुँदा लोक तथा दोहोरी गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक ओलीले आफू र आफ्नो परिवारको उज्वल भविष्य बनाउने सपना देखेर युरोपेली मूलुक बेल्जियममा साङ्गीतिक कार्यक्रममा आएका बखत यतै बस्ने निर्णय गर्नुभयो ।

यतै बस्ने मन पटक्कै थिएन सङ्गीत क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धाको कारण कलाकारिताको बजार नभएको र आफ्नो गुजारा चलाउन कठिनाई भएपछि मनलाई दर्हो बनाएर यतै बसेको उहाँ बताउनुहुन्छ ।  प्रवासी भएपछि आफ्नो रुचिको पेशालाई समय दिनै समस्या आएको उहाँले बताउनुभयो । उहाँले शुरुशुरुमा आफ्नो काम, बसाइँ अनुमतिपत्र बनाउनतर्फ मेहनत  गर्नुपर्यो । पोर्चुगलको बसाइँ अनुमतिपत्र बनेपछि आफ्नो कामबाट समय निकाल्दै साङ्गीतिक कार्यक्रममा सहभागी भएर आफ्नो गायन कला  प्रस्तुत गर्न थालेको उहाँ बताउनुहुन्छ ।

दुई दर्जन बढी चर्चित लोकगित सङ्गीत पारखीको माझमा पस्कनुका साथै लाइभ दोहोरी प्रतियोगितामा प्रथम हुनुभएका गायक ओली पछिल्लो समयमा युरोपेलीमूलुक स्पेन, डेनमार्क, नर्वे, बेल्जियमलगायतका  देशमा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति गर्दै आउनुभएको छ ।  उहाँ मञ्चमा कार्यक्रम हुन छाडेपछि भर्चुअल माध्यमबाट सङ्गीत प्रेमीको तिर्खा मेटाउँदै आउनुभएको छ । उहाँ पनि युटुब, टिकटक र फेसबुक लाइभमा व्यस्त हुनुहुन्छ ।

उहाँ जस्तै रोल्पाकी अङ्किता मगरको सपना पनि युरोपको बसाइँ अनुमतिपत्र बनाउने सोचाइका साथ दुई वर्षसम्म नेपालमा सिकेको सङ्गीतलाई बिट मार्दै पाँच वर्ष पहिला विदेश पलायन हुनुभयो । हाल उहाँ पोर्चुगलमा हुनुहुन्छ । उहाँ वैदेशिक रोजगारसँगै आफ्नो गायन पेशामा निरन्तर हुनुहुन्छ । उहाँले एक दर्जन भन्दा बढी लोकगित र आधुनिक गित बजारमा ल्याइसक्नुभएको छ भने केही गीत पोर्चुगलमै रेकर्ड गरेर बजारमा आउँदैछन् । उहाँ पनि अहिले सामाजिक सञ्जालको प्रयोगमार्फत आफ्ना शुभचिन्तकलाई मनोरञ्जन दिँदै आफूले पनि सङ्गीतलाई निरन्तरता दिँदै आएको बताउनुहुन्छ ।

  हार्मोनियम लिएर प्रायःजसो फेसबुक लाइभमा देखिने अर्का गायक पूर्ण अर्याल नेपालमा छँदा स्कुले जीवनबाटै अतिरिक्त कार्यक्रममा सहभागी हुँदाहँुदै गायन क्षेत्रमा लाग्नुभएको थियो । अर्याल  थुप्रै लोकदोहोरी गीति एल्बम निकाल्दै , प्रत्यक्ष प्रतियोगितामा सहभागी हुँदै आफ्नो कलाकारितामा सक्रिय भएर लाग्नुभएको थियो ।

राजनीति र व्यवसायमा सक्रिय चिजकुमार तामाङ पोर्चुगलमा पुराना र सहयोगी व्यक्तिमा गनिनुहुन्छ । पछिल्लो समय कोभिड–१९ का कारण पोर्चुगलमा कार्यक्रम भएका छैनन् । उहाँ पनि अहिले प्रायःजसो सारङ्गी, मादल र हार्मोनियमसँगै फेसबुक प्रत्यक्ष प्रसारणमा नै देखिनुहुन्छ । कोभिडले त्रास र तनाब त छ्दैछ त भाषणको जिन्दगीबाट फुर्सदको यो समय उहाँको लागि छुट्टै आनन्दले बितिरहेको उहाँ बताउनुहुन्छ् । स्कुले जीवनमा सिकेको सङ्गीत र व्यस्तताले गुमाउँदै गरेको रहर अहिले फेसबुकलाईभमार्फत पोख्न्नुको खुशी उहाँ बारम्बार व्यक्त गर्दै पुराना कालजयी गीत प्रस्तुत गरिरहनुहुन्छ ।

 यी त पोर्चुगललाई कर्मथलो बनाएका कलाकार पात्रहरु मात्रै हुन । पोर्चुगलमा थुप्रै कलाकार हुनुहुन्छ । कोभिड –१९ का कारण काम गुमाएर बस्ने नेपालीको सङ्ख्या अत्यधिक छ । यस्तो प्रतिकूल अवस्थामा कलाकारले आफ्नो कलालाई यसरी प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गराइरहदा दर्शकको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया आएको उहाँहरुले बताउनुहुन्छ ।रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने
Next Article विद्युतीय सवारीसाधनको परीक्षणका लागि उपकरण खरीद गरिँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

मलेसियाले जनवरी अन्तिमदेखि विदेशी कामदार लैजाने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

अब बिद्धुत प्राधिकरणको ध्यान प्राविधिक चुहावट कम गर्नेतर्फ

57 years ago
काठमाडौँ - KTMराजनीति

कम्युनिष्ट एक हुनुपर्ने भन्दै नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश

57 years ago
काठमाडौँ - KTMराजनीति

माओवादी केन्द्रद्धारा विप्लव माथिको प्रतिबन्ध हटाउन सरकारसँग माग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?