२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेनमा एनआरएनएको क्षेत्रीय समिति

२९ माघ २०७७, बिहीबार ०५:०१

माघ २९, काठमाडौँ  । स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ । 

समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक रोजिना श्रेष्ठ, युवा संयोजक सुरेन्द्र रानामगर, सदस्यमा रितेश श्रेष्ठ, दुर्गादत्त पराजुली, छवि श्रेष्ठ, निराजन लुइँटेल, झरना कार्की, राजकुमार क्षेत्री, वीरबहादुर खत्री, नवराज पाण्डे र प्रवीण सुवेदी रहनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ स्पेनको निर्णयानुसार त्यस क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि सिफारिसका आधारमा समितिलाई स्वीकृत गरिएको गैरआवासीय नेपाली सङ्घ  स्पेनका अध्यक्ष दिनेश गुरुङले बताउनुभयो । सङ्घ स्पेनको विधानको परिच्छेद ७ धारा २० र यसको संशोधनसहित गठन भएको क्षेत्रीय समितिले भेला गरेको हो । 

क्षेत्रीय समिति गठनका लागि स्पेनका क्षेत्रीय उपाध्यक्ष तुल्सीबहादुर गुरुङ र एनआरएनए संस्थापक आइसिसी  वीरेन्द्र श्रेष्ठलाई सङ्घले जिम्मेवारी दिएको थियो । उहाँहरुले क्षेत्रीय समिति गठनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष गुरुङले धन्यवाद दिनुभएको छ ।

पोर्चुगलको पहलमा बिरामी रवीन्द्र स्वदेश फर्किए

पोर्चुगलबाट काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण नेपाल फर्किनुभएको छ । विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आउनुभएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली सङ्घको सहयोगमा बुधबार नेपाल पठाइएको हो । 

सङ्घका अनुसार उहाँले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आउनुभएको  थियो । केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको सङ्घका अध्यक्ष तिलक गैरेले जानकारी दिनुभएको छ । सङ्घले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो