2026-07-24 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाँउपालिकामा ईन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या

दान बहादुर बुढा । फाल्गुन १३, मुगु । जिल्लाको मुगु कार्मारोङ्ग गाँउपालिकामा  ईन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या आएको छ । गाँउपालिकामा जडान गरिएको वल्र्डलिंकको ईन्टरनेट टावरले राम्रो सँग काम नगर्नु र यसको क्षमता पनि कम भएकाले गाँउपालिकाको सेवा प्रवाहमा समस्या आएको हो ।

बिश्व ईन्टरनेटमा चलिरहेको बेला नेपालमा पनि पछिल्ला समयमा गाँउपालिकाको काम लगाएत अन्य काम धेरै जसो  ईन्टरनेट बाटै काम गर्नु परेकाले सहजै रुपमा ईन्टरनेटले काम नगर्दा यहाँका कार्यालयको काम गर्न कर्मचारीहरुलाई सास्ती भएको छ ।

 गाँउपालिकाका विषयगत शाखाहरुमा ईन्टरनेट मार्फत काम गर्नुपर्ने र ति मध्ये बढि मात्रा स्वास्थ्य शाखा,प्रशासन शाखा,लेखा शाखा र पञ्जिकरण शाखामा अत्याधिक ईन्टरनेटको आवश्यकता पर्ने हुनाले सहजै रुपमा काम नगर्दा र गाँउपालिकामा सेवा लिन आएका सेवाग्राही लाई पनि धैरे बेर सम्म कुराउनु पर्ने कुनु पर्ने अवस्था आएको मुगुम कार्मारोङ्ग गाउपालिकाका पञ्जिकरण सेवा ईकाईका एम.आई.एस अपरेटर अर्जुन बुढाले बताए ।

बुढाका अनुसार आफु रहने शाखामा बढि मात्रा ईनटरनेट मार्फत काम गर्नु परेको र यस शाखाबाट प्रवाह हुने सामाजिक सुरक्षा भत्ता,जन्म,मृत्यु,बिवाह,बसाईसराई लगायत गाँउपालिका बाट प्रवाह हुने सेवाहरु डाटा ईन्ट्री ,गर्नु परेकाले उपयुक्तसँग ईन्टरनेटले काम नगर्दा निकै सास्ती भोग्नु परेको बताएका छन ।

गाँउपालिकामा ईन्टरनेटले रोम्रो सँग काम नगर्दा सेवा प्रवाह लाई छिटो छरितो र सेवामुखि बनाउनको निम्ति यस गाँउपालिका बाट एक दिनको पैदल यात्रा गरेर सदरमुकाम गमगढी बजार गएर पनि सेवा प्रवाह गरेको एक आई एस अपरेटर बुढाको बताएका छन ।

गाँउपालिकामा सुविधा सम्पन्न भवन निर्माण भएता पनि गतिलो सँग ईन्टरनेटले काम नगर्दा यहाका कर्मचारीहरुले सास्ती खेपिरहेका छन । भौगोलिक विकटता र सञ्चार क्षेत्रले पछि रहेको कर्णाली प्रदेशको जिल्ला मुगुमा हाल सम्म पनि उस्तै कथा रहेको छ ।  

सदरमुकाम गमगढी बजार देखि करिब एक दिनको बाटो टाढा रहेको मुगुम कार्मारोङ्ग गाउपालिकामा हाल सम्म शिक्षा , स्वास्थ्य , सञ्चार लगायत भुगालले ठगेको यस गाँउपालिकामा उस्तै समस्या रहेकोहुनाले आउदा दिनहरुमा ईन्टरनेट सेवा  लगाएत अन्य सेवाहरु सुधार गर्नको लागी गाँउपालिकाका जनप्रतिनिधी र आफु सरोकारवाला निकायसंग हरदम पहलको लागी रहेको मुगमकामारोé  गाँउपालिकाका प्रमुख प्रशासकृय अधिकृत तिर्थ बहादुर कठाएतले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक