2026-08-25 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुरु

फागुन १५, नुवाकोट | ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्दै मेला तथा महोत्सवले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सहयोग पुग्ने भएकाले यसलाई सफल बनाउन आग्रह गर्नुभयो । सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटको छहरे बजार काठमाडौँसँगको छोटो दूरी, मध्यपहाडी राजमार्ग, कृषि उब्जनीको भण्डारणस्थल, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार तथा महत्व बाहिर ल्याउन महोत्सवलाई माध्यमको रुपमा लिएर सफल हुनुपर्ने सुझाव दिनुभयो ।

महोत्सव चलाउन रु ४८ लाख खर्च लाग्ने र त्यसको लागि आयोजक लिखु गाउँपालिका, सहआयोजक जिल्ला समन्वय समिति नुवाकोटसहित सबै पालिका, प्रवद्र्धकमा नुवाकोट उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थामार्फत मुनाफारहित रुपमा चलाउन थालिएको हो । महोत्सवमार्फत समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनको लागी जोड दिइएको आयोजक लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले बताउनुभयो ।

फागुन १४ देखि २२ गतेसम्म लिखु गाउँपालिका–६ स्थित कुमालठाँटीमा महोत्सव चल्नेछ । महोत्सवमा हेलिकप्टरमार्फत रसुवाको गोसाइँकुण्डसम्म पुग्न र शिवपुरीको सुइरेचउरबाट छहरेसम्म प्याराग्लाइडिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग