१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा पहिरो

१६ फाल्गुन २०७७, आईतवार ११:५९

फागुन १६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्सेमा ७९.७४ बिन्दुले घटेर दुई हजार ४७४.३९ मा ओर्लेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.५३ बिन्दुले घटेर ४४७.२९ मा ओर्लेको छ । आज नेप्से तीन प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । कूल २०७ कम्पनीको एक करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर रु आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ मूल्यमा खरीद बिक्री भए । 

लगातार बजार ओरालो लाग्दा कूल बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । झण्डै एक सातामा रु दुई खर्ब बढीले बजार पूँजीकरण ओर्लिएको छ । नेप्सेको आजको विवरणअनुसार कूल बजार पूँजीकरण रु ३४ खर्ब ९ अर्ब २५ करोड ६८ लाख १० हजार बराबर पुगेको छ । 

नेप्सेले आजदेखि १३ उपसमूह कायम गरेर कारोवार गरेको छ । तीमध्ये आज होटल एण्ड टुरिज्म उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल एण्ड टुरिज्ममा ११.०८ विन्दुले उकालो लाग्दा बैंकिङ ५४.५७, व्यापार ११.२२, विकास बैंक ७५.५१, जलविद्युत् ६७.१५, वित्त २९.७४, निर्जीवन बीमा १७८.१, उत्पादन १९८.२, अन्य ८१.३५, लघुवित्त १४१.२९, जीवन बीमा ६२४.८, सामूहिक लगानी कोष ०.२४ र इन्भेस्टमेन्ट ४.१३ बिन्दुले घटेको छ । 

कारोवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब दुई करोड १६ लाख ३२ हजार ८२४ बराबरको कारोवार भयो । यस्तै, पूर्वाधार बैंक रु ६३ करोड ४९ लाख ५५ हजार ४६०, ग्लोबल आइएमई बैंक रु ३४ करोड ७५ हजार २४५, नेपाल पुनरबीमा कम्पनी रु २८ करोड ६१ लाख ३९ हजार ७९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ७२ लाख ७१ हजार १७४, एनआइसी एशिया बैंक रु २४ करोड ६० लाख नौ हजार ५४५, नबिल बैंक रु २२ करोड ९४ लाख ५८ हजार ६६६, नेपाल बैंक रु २२ करोड ८५ लाख ७४ हजार ६३९, नेको इन्स्योरेन्स रु २२ करोड ६९ लाख ९४ हजार ३०२ र प्रभु बैंक रु १९ करोड ८१ लाख ९४ हजार ७५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । यस्तै सिटिजन म्युचुअल फण्ड २.८४, शिखर इन्स्योरेन्स २.८०, एनआइसी एशिया डिवेञ्चर १.७१, एनआइसी एशिया विडेञ्चर २०८१÷८२ का लगानीकर्ताले १.५० प्रतिशतले आर्जन गर्दा एनएलजी इन्स्योरेन्स ०.९९ र प्रभु बैंकको डिवेञ्चरमा लगानी गर्नेले ०.९५ प्रतिशतले कमाए । 

त्यस्तै, गणपति माइक्रोफाइनान्स ७, नेपाल फाइनान्स ६.७४, पूर्वाधार बैंक ६.४५, नेपाल हाइड्रो डेभलपर ६.१३, अपि पावर कम्पनी ६.११, बरुण हाइड्रोपावर ५.९६, लिवर्टी इनर्जी ५.९३, रिडी हाइड्रोपावर ५.८८, नेशनल हाइड्रोपावर ५.७० र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले ५.६७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन