२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालयलाई कम्युटर, अभिभावकलाई न्यानो कपडा

१७ फाल्गुन २०७७, सोमबार ०४:५६

फागुन १७, नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा रहेका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सरसफाइका सामग्री र अभिभावकलाई न्यानो कपडा वितरण गरिएको छ ।

चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई उक्त विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा ‘एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ मार्फत तीन–तीन थान कम्युटरसहित शिक्षक–विद्यार्थीको लागी कोरोना रोगको सक्रमणबाट बच्न स्वास्थ्य मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सरसफाइका सामग्री उपलब्ध गराइएको हो । ट्रष्टको तर्फबाट सानुकिम्ताङ माविलाई रु दुई लाखको कम्युटर, रु एक लाख बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ३०० भन्दा बढी अभिभावकलाई रु तीन लाख बराबरको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको हो ।

चन्द्रदेवी माविको लागि रु दुई लाखको कम्युटर, रु ५० हजार बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ११० अभिभावकलाई रु एक लाखभन्दा बढीको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको ट्रष्टका संरक्षक अजुर्ननरसिंह केसीले जानकारी दिनुभयो । दिवङ्गत आमाबुबाको नाममा स्थापना भएको ट्रष्टमार्फत नुवाकोट र रसुवालगायतका जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग कार्यक्रम चलाउँदै आएकाले यसलाई विशुद्ध समाजसेवाको रुपमा सहयोग गरिएको उहाँको भनाइ छ ।

माथिल्लो किम्ताङमा रहेको सानुकिम्ताङ माध्यमिक विद्यालयको आइतबार आयोजित ५५औँ वार्षिकोत्सव र चन्द्रदेवी माविको गत मङ्गलबार आयोजित २४औँ वार्षिकोत्सवको अवसरमा ‘एशोदादेवि–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ले सहयोग सामग्री उपलब्ध गराएको हो । उक्त सामग्री प्रदान गर्न ट्रष्टको तर्फबाट संरक्षक अजर्नुनरसिंह केसी, अध्यक्ष डा केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, प्रजातान्त्रिक विचार समाजका नेता कुलचन्द्र वाग्ले, गोकर्ण अर्यालसहितको टोली विद्यालयमा पुग्नुभएको थियो ।

जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र एवं उच्च पहाडी भूभाग भएकाले उक्त बस्तीका अभिभावकलाई न्यानो कपडा वितरण गर्नाले विद्यार्थीलाई नियमित विद्यालय पठाउन उत्साह मिल्ने तथा विद्यालयलाई उपलब्ध गराइएको कम्युटरले प्रशासनिक कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ । आर्थिक अभावको कारण गम्भीर बिरामी भएका सानुकिम्ताङ माविमा अध्ययरत विद्यार्थीको तीनजना अभिभावकलाई ट्रष्टले आफ्नै खर्चमा उपचार गरिदिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ