११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अझै सम्पन्न भएन नक्खु–बुङमती सडक

१८ फाल्गुन २०७७, मंगलवार ०४:४५

फागुन १८, काठमाडौँ । नक्खुखोलाबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन । दुई खण्डमा सडक निर्माणको काम भइरहेकामा एउटा खण्डमा ६५ प्रतिशत र अर्को खण्डमा अहिलेसम्म ७० प्रतिशत मात्रै निर्माण सकिएको छ ।

सडक विस्तार विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । निर्माण शुरु भएको वर्षमा सडकको चौडाइ बढाउन नसकिएर ढिलाइ भएकामा गत आर्थिक वर्षमा कोभिड–१९ र निर्माण सामग्रीको अभावका कारण अघि बढ्न नसकेको योजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताउनुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्ने भए पनि निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुन ढिला भएको आयोजनाले जनाएको छ । उहाँले भन्नुभयो, “एक त निर्माण शुरु नै गर्न सकिएको थिएन भने शुरु भएपछि पनि अवरोध आइरहेको छ ।”

यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएकाले पनि निर्माण अघि बढ्न नसकेको योजनाले जनाएको छ । अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताउनुभयो । लामो समयसम्म निर्माण नभए पनि अहिले उपलब्ध चौडाइमै कालोपत्र गरेर ठेक्का पूरा गर्न लागिएको उहाँले बताउनुभयो । तत्कालका लागि चौडाइ बढाउन नसकिने भएकाले सरकारले काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । बीस मिटर चौडाइमा कालोपत्र गर्ने गरी पहिले ठेक्का सम्झौता भए पनि अहिले त्यसभन्दा आधा चौडाइमा कालोपत्र भइरहेको छ । उहाँले भन्नुभयो, “चौडाइ कम भएका ठाउँमा पैदलयात्रु मार्गलगायतका पूर्वाधार निर्माण गर्न सकिएको छैन ।”

योजनाले गत वर्षहरूमा सडकको चौडाइ पर्याप्त भएको स्थानमा कालोपत्र गर्दै साँघुरा बस्ती रहेका स्थानमा कति चौडाइ कायम गर्न सकिन्छ भनी स्थानीय तहसँग समन्वय गरेको थियो । पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह