<p><b>फागुन १९, काठमाडौं ।</b> नेपाल टेलिकमले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट टेलिकमले सेयरधनीलाई ४० प्रतिश नगद लाभांश दिने घोषणा गरेको हो ।<br></p><p>बुधबार बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको छ ।</p><p>उक्त नगद लाभांश सरकारको स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।</p>
