2026-09-22 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीमा गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

फागुन २०, सर्लाही । खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । “सेतो अण्डाले बजार विगा¥योे । 

उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन”, अण्डा व्यावसायी सुभाष तिमल्सिनाले भन्नुभयो, “ गुणस्तरहीन भारतीय सेतो अण्डा बजारमा छ्याप्पछ्याप्ती पाउन थालेपछि यहाँका वास्तविक किसान मारमा परेका छन् ।’

भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा भारतीय अण्डा बिक्री वितरण गर्ने गरेका कारण आफूहरु मारमा परेको सर्लाहीका पोल्ट्री व्यवसायीको गुनासो छ । आफूहरुले पटक–पटक भारतीय अण्डाको आयात रोक्न माग गरे पनि स्थानीय प्रशासनले यसबारे चासो देखाएको छैन उनीहरुको भनाइ छ । 

भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रणका लागि आवश्यक पहल भइरहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले जानकारी दिनुभयो । भारतबाट भित्रिने कुखुरा, चल्ला र अण्डामा रोक लगाउन सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

सर्लाहीको  सीमावर्ती क्षेत्र मलङ्गवा, त्रिभुवननगर, पर्सा, सङ्ग्रामपुर, हरिपुर्वा, कौडेना, गोडैता, फूलपरासी, मधुवनगोठ, सिसौटलगायतका बजारमा भारतीय अण्डाको व्यापार फस्टाएको छ । स्वदेशी उत्पादन प्रवद्र्धनका लागि भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रण गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित