११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाईसेन्स

२२ फाल्गुन २०७७, शनिबार १५:३०

फागुन २२, काठमाडौँ | नेपालकै अग्रणी डिजिटल वालेट कम्पनीहरु मध्य लोकप्रिय आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमती पत्र प्रदान गरेको छ। "यस अनुमती पत्रको प्राप्तीले आई-पे ले सन् २०१० देखी नेपाल भरी सन्चालन गर्दै आएको गणस्तरिय र व्यवस्थीत सेवालाई अनुमोदन गरेको छ र हामीले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्दन गर्न/गराउन पुर्याएको योगदानको कदर गर्दै अझै राम्रो गर्दै जान प्रोत्साहित गरेको अनुभुती गरेका छौं।", आई-पे का अध्यक्ष श्री अमृत मान तुलाधर भन्नुहुन्छ।    

आई-पे, एउटा अनलाईन भुक्तानी द्वार र डिजिटल वालेट हो जसले प्रयोगकर्ताहरुलाई ईन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवाहरु विभिन्न व्यवसायीहरु बाट अनलाइन खरिद गर्न र सो को भुक्तानी पनि आई पे डिजिटल वालेट मार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ। आई-पे ले आफ्नो डिजिटल वालेट र भुक्तानी सेवा सबै व्यक्तिगत एवम् व्यावसायिक प्रयोगकर्ताहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। 


आई-पे का प्रमुख कार्यकारी अधिकृत श्री अमिर महर्जनका अनुसार देशैभरी आई-पे का पाँच लाख भन्दा बढी सक्रीय प्रयोगकर्ताहरु रहेका छन भने एक हजार भन्दा बढी मेहनती एवम् कृयाशील एजेन्टहरु रहेका छन् । विगत एक दशक देखी मोबाइल रिचार्ज/टपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङ आदी लगायत इ–कमर्स मार्फत किनिएको सामान तथा सेवाहरुको अनलाइन भुक्तानी गर्ने सेवाहरु प्रदान गर्दै आएकोमा अबका दिनमा आफ्ना नेपाल भरिका प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन अझ नविनतम् डिजिटल वित्तिय सेवाहरु प्रदान गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह