2026-09-22 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगार सम्मेलन गरिँदै

फागुन २४, काठमाडौँ ।  युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । 

सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौँमा गरिने भएको छ । उहाँले सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने जानकारी दिनुभयो । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्र्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । 

“सम्मेलनमा रोजगारदाता संस्था र युवाबीच दक्षता, क्षमता र सीपका आधारमा रोजगारीको सहमति गरिनेछ”, उहाँले भन्नुभयो, “बेरोजगार भएका युवालाई रोजगारी दिन सम्मेलनको आयोजना गरिएको हो ।” सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को समेत सहकार्य हुनेछ ।  

सम्मेलनको तयारीका लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा कार्यकारी समितिसमेत गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित