फागुन २५, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलानामा प्रतितोला रु ६ सयले बढेर छापावाल सुनको मूल्य ८६ हजार २ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार कायम भएको थियो । यस्तै आज आज तेजाबी सुनको मूल्य ८५ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार १२ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला २० रुपैंयाले बढेर १२ सय ७० कायम भएको छ ।