2026-09-19 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

फागुन २९, झापा (रासस) । सडक दुर्घटनामा परी आज यहाँ दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्की र  बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छुट्टाछुट्टै दुर्घटनामा परी उहाँहरुको मृत्यु भएको हो ।

आज अपराह्न कमल गाउँपालिका–१  बालुबारीस्थित क्याम्पमा ना१त ६१६५ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे३प ३७४७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने बाह्रदशी गाउँपालिका–५ कनकन मार्गमा मे११प ८४५१ नंको स्कुटी आफैँ अनियन्त्रित भई दुर्घटना हँुदा स्कुटी चालक राजवंशी घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहे पनि दैनिक सवारी दुर्घटनामा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई