चैत १, काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४ सयले बढेर ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ता केहि ओरालो लागेको सुनको भाउ २०७७ सालको अन्तिम महिनाको पहिलो दिन फेरी बढेको हो ।
आज तेजाबी सुनको मूल्य ८६ हजार १ सय ५० कायम भएको छ । यस्तै शुक्रबार १२ सय ७० मा प्रतितोला चाँदी कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।