चैत १, काठमाडौँ । कतार एयरवेजले ‘डिजिटल राहदानी’ मोबाइल एप ल्याएको छ । एयरलाइन्सले मार्च ११ देखि मध्यपूर्वी एसियामा अत्याधुनिक आईएटीए ट्राभल पास ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षणमा ल्याएको हो ।

एयरवेजले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए), कतार जनस्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम तथा हमाद चिकित्सा निगमको सहकार्यमा ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गरेको हो ।

उक्त सेवाबाट यात्रुहरुलाई प्रत्यक्ष सम्पर्क बिना सुरक्षित तथा सुचारु यात्रा अनुभव प्रदान गरिने एयरलाइनले जनाएको छ । ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने कतार एयरवेज पहिलो एयरलाइन्स हो ।

एयरलाइनको पहिलो परिक्षण दोहादेखि इस्तानबुलसम्मको उडानमा गरिने भएको छ ।