2026-09-22 08:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ५१ अङ्कको गिरावट,कसको कति कारोबार ?

चैत १,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५१.२३ ले ओरालो लागेर दुई हजार ४०७.२५ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.१० ले घटेर ४३५.१३ मा झरेको छ । 

कूल २११ कम्पनीको ९९ लाख तीन हजार ७०४ कित्ता शेयर रु चार अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बार पूँजीकरण रु ३३ खर्ब १६ अर्ब ८८ करोड ४९ लाख २० हजार बराबर पुगेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूह भने ओरालो लागेको छ । होटेल तथा पर्यटन ६१.१२ र जलविद्युत् ४७.८२ ले वृद्धि हुँदा बैंकिङ ३२.३३, व्यापार २१३.१६, विकास बैंक ३७.८४, वित्त १८.८९, निर्जीवन बीमा ३७४.५३, उत्पादन ९६.३४, अन्य ९६.३६, लघुवित्त ९०.६८, जीवन बीमा ४५३.९, सामूहिक लगानी कोष ०.२ र लगानी २.५६ विन्दुले घटेको छ । 

कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ४४ करोड ५६ लाख १५ हजार ७१३ बराबरको कारोवार भयो । कूल ४५६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको समाचार सार्वजनिक भएपछि लगानीकर्ताको चासोमा सो कम्पनी परेको हो । 

यस्तै, नेपाल पूर्वाधार बैंक रु २७ करोड ५६ लाख ६८ हजार ५१८, नबिल बैंक रु २० करोड ६६ लाख ८७ हजार ३७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १९ करोड ६७ लाख ९४ हजार ४००, ग्लोबल आइएमई बैंक रु १६ करोड ११ लाख चार हजार ४८६, अरुण भ्याली हाइड्रोपावर रु १२ करोड ६२ लाख ६६ हजार, नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ९८ लाख २२ हजार १२६, एनआइसी एसिया बैंक रु ११ करोड ६० लाख ११ हजार ५०९ र नेपाल पुनरबीमा कम्पनी रु ११ करोड ३८ लाख ५८ हजार ४८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

कारोवारका आधारमा चन्द्रागिरि हिल्स ९.९५, माथिल्लो तामाकोशी ९.८९, पञ्चकन्या माई हाइड्रोपावर ९.७४, घलेम्दी हाइड्रो ९.७२, रैराङ हाइड्रोपावर ९.०४, माउन्टेन इनर्जी ५.९४, नेपाल इन्भेस्टमेन्ट बैंक ४.२१, माहुली सामुदायिक लघुवित्त २.६१ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले २.२० प्रतिशतले कमाए ।

यस्तै, हिमालयन पावर पार्टनर ९.८६, नेपाल हाइड्रो डेभलपर ७.९५, नेपाल दूरसञ्चार कम्पनी ६.५६, शिखर इन्सुरेन्स ६.५५, नेपाल इन्सुरेन्स ६.०८, नारायणी डेभलपमेन्ट बैंक ५.८१, साल्ट टे«डिङ कर्पोरेशन ५.७७ र स्वावलम्बन लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित