चैत ३, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ ।

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञसँगको अन्तक्र्रियामा उहाँले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न उक्त कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको बताउनुभयो ।

“सूचनाप्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने सरकारले योजना बनाएको छ”, मन्त्री गुरुङले भन्नुभयो, “त्यसका लागि सुुझाव दिन म सरोकारवाला सबैलाई आग्रह गर्दछुु ।”

मन्त्री गुरुङले सरकारले अघि बढाएको ‘डिजिटल नेपालफ्रेमवर्क’ कार्यक्रमलाई प्रभावकारी बनाउने काममा सहकार्य गरेर अघि बढन निजी क्षेत्रलाई आह्वानसमेत गनुभयो । उहाँले नागरिक एपलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सचेत पनि गराउनुभयो ।