2026-09-19 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायली राजदूत गोडर दमकमा

 चैत ३, दमक (रासस) । नेपालका लागि इजरायलका राजदूत हानान गोडेर गोल्डवेरगरले कृषि सौखका लागि नभई कृषि व्यवसाय, व्यापार र जीवन जिउने बाटो भएको बताउनुभएको छ ।

झापाको दमक–३ मा सञ्चालित मानसरोवर कृषि सहकारीले गरेको कृषि फार्मको आज यहाँ अवलोकन गर्नुहँुदै राजदूत गोल्डवेगरले कृषि क्षेत्रबाट देशलाई आर्थिक रुपान्तरण गर्न प्रशस्त सम्भावना भएको र त्यसमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । 

सहकारी संस्थाले आधुनिक तवरबाट खेती गरेकामा प्रशंसा गर्नुहँुदै उहाँले भन्नुभयो, “इजरायलमा ७० वर्षअघिसम्म खाद्यान्नको अभाव रहेको र हाल आएर निर्यातसमेत गर्नसक्ने भएको छ ।” त्यसक्रममा राजदूत गोल्डवेरगरले  कृषि खेतीका बारेमा सहकारी संस्थाका सञ्चालकसँग अन्तक्र्रियासमेत गर्नुभएको सहकारीका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनुभयो । 

सो सहकारीले नेपाल सरकारको अनुदानबाट जैविक कृषि उत्पादन र बजारीकरण गर्दै आएको छ । अवलोकन भ्रमणमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदी, कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहलगायतले कृषिको आधुनिकीकरणमा प्राङ्गारिक उत्पादनमा जोड दिनसके कृषि क्षेत्रमा रोजगारीको अवस्था बन्दै जाने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई