2026-10-13 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोनाले वैदेशिक रोजगारीमा पारेको प्रभाव सम्बन्धमा संसदमा प्रस्ताव दर्ता

चैत ४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका  र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।

 महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । सरकारलाई महिलामाथिको हिंसा सम्बोधन गर्न न्यूनीकरण गर्न सदनले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको जनाउँदै ध्यानाकर्षण प्रस्ताव पेश गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित उक्त प्रस्ताव कांग्रेस सांसद डा डिला सङ्ग्रौला, लक्ष्मी परियार र प्रमिला राईले दर्ता गराउनुभएको हो । 

यसैगरी कोभिड–१९ ले वैदेशिक रोजगारीमा पारेको प्रभाव सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको अर्काे विषयमाथि छलफल गर्न पनि सूचना दर्ता गरिएको छ । सो प्रस्तावमा कोभिड–१९ बाट सिर्जित समस्याले वैदेशिक रोजगारीमा कतिले ज्यान र रोजगारी गुमाए तथा कति स्वदेश फर्किए भन्ने विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने कारण देखाइएको छ । 

यसैगरी कोभिड–१९ बाट मृत्यु भएकाका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई सरकारका तर्फबाट केकस्तो राहत र सहयोग भएको भन्ने जानकारी माग गर्न, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारको योजना के छ भन्नेलगायत विषयमा छलफल गर्नुपर्ने  प्रस्तावमा माग गरिएको छ । उक्त प्रस्ताव कांगे्रसबाट निर्वाचित सांसद डा सङ्ग्रौला, देवप्रसाद तिमिल्सिना र रङ्गमती शाहीले दर्ता गराउनुभएको हो । 

यसैगरी कांग्रेसकै सांसद डा संग्रौला, हीरा गुरुङ र नमिताकुमारी चौधरीले महिला हिंसा नियन्त्रणका लागि विभिन्न व्यवस्था गर्नुपर्ने माग गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित सङ्कल्प पेश गर्ने अनुमतिका लागि सूचना दिनुभएको छ ।  

 प्रस्तावमा हिंसापीडितलाई सेवा दिनका लागि सहायता कक्ष स्थापना गर्न, पीडितमाथि कुनै किसिमको दवाव वा यातना नदिनका लागि कम्तीमा एकपटक पीडितका घरमा प्रहरीलाई निरीक्षण गर्न लगाउन, पीडितलाई  संरक्षण गर्न घुम्ती मोबाइल टोलीको व्यवस्था प्रभावकारी बनाउन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रहरीसमेतको समन्वयमा पीडितलाई घाउ जाँच र स्वास्थ्योपचारको व्यवस्था गर्न माग गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश