2026-10-13 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोर निरीक्षण गरी विज्ञ टोली फिर्ता

चैत ५, कर्णाली । कर्णाली करिडोरको अवस्था बुझ्न विज्ञटोली स्थलगत अनुगमनमा हुम्लाको सलीसल्लासम्म पुगेर फिर्ता भएको छ । यो टोलीको अनुगमन प्रतिवेदनका आधारमा सडकको थप सुधारको काम हुने भएको छ ।

कर्णाली करिडोरका विभिन्न खण्डमा निर्माण हुँदै गरेको सडक तथा पुलपुलेसाको अवस्था के कस्तो छ भनेर सोको प्राविधिक अध्ययनका लागि प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्रप्रसाद थपलियाको नेतृत्वमा सडक विभाग पुल महाशाखाका वरिष्ठ इञ्जिनीयर अंगलाल रोकाया र इञ्जिनीयर लीलाबहादुर भण्डारीसहितको तीन सदस्यीय टोली उपस्थित रहेको छ ।

सो टोलीले करिडोरको कालीकोटको खुलालुदेखि बाजुराको लैफु, हुम्लाको सलीसल्लासम्मको स्थलगत अनुगमन गरेको उक्त टोलीका सदस्य वरिष्ठ इञ्जिनीयर रोकायाले जानकारी दिनुभयो । हुम्लाको कबाडीदेखि सल्लीसल्लासम्मको सडकको लम्बाइ ३९ किलोमिटर छ । 

यसमध्ये २७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने अब १२ किलोमिटर निर्माणधीन अवस्थामा छ । बाजुरा र हुम्ला खण्डको काम राम्रो देखिएको छ भने कालीकोटमा पर्ने ४० किलोमिटर सडकलाई स्तरवृद्धि गर्नुपर्ने उक्त टोलीले जनाएको छ ।

निकट भविष्यमा नेपाली सेनाले सो सडक विभागलाई बुझाएपछि मापदण्डअनुसार वैधानिकरुपमा बाटो इजाजत खुला हुने भएको छ । यसबाट हुम्लाका दक्षिण भेगका तीन गाउँपालिका सडक सञ्जालमा छिट्टै जोडिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश