<p><b>चैत ६, काठमाडौँ । </b>नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९५ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५६ पैसा रहेको छ । </p><p>यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४३ पैसा र बिक्रीदर ९० रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/09cfb4e7dc02a0624389301fa73650a41616128608.jpg" style="width: 500px;"><br></p>
