Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२२.८ प्रतिशत जनता बिमाको दायरामा, बीमालेख संख्या ७२ लाख ४३ हजार नाघ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत्र ६, काठमाडौं । नेपालमा कुल जनसंख्याको २२.८ प्रतिशत जनता बिमाको दायरामा आएका छन् । २०७७ माघसम्म  बिमाको दायरामा आएको जनसंख्या २२.८ प्रतिशत र वैदशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या २५.२ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको अर्थ बुलेटिन अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो जनसंख्या क्रमशः २०.९ प्रतिशत र २३.८ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको माघ महिनासम्म जारी भएका कुल बीमालेख संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३ प्रतिशतले वृद्धि भई ७२ लाख ४३ हजार ५ सय पुगेको छ ।

यस अवधिमा संकलन भएको बीमा प्रिमियम रकम ३२.२ प्रतिशतले वृद्धि भई रू. ९२ अर्ब ४१ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम रु. ६९ अर्ब ९२ करोड रहेको थियो। यस अवधिको बीमा प्रिमियम संकलनमा जीवन बिमा र निर्जिवन  बिमा तर्फको हिस्सा कमश: ८१.८ प्रतिशत र १८.२ प्रतिशत रहेको छ ।