११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए

८ चैत्र २०७७, आईतवार १४:१३

चैत ८, काठमाडौँ | साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४४ ले उकालो लागेर ४५३.५९ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड २४ लाख ३० हजार २ कित्ता शेयर रु पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ मूल्यमा खरिद बिक्री भए । 

कारोवार भएका १३ उपसमूहको नै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २६.५२, व्यापार १३.२, होटल तथा पर्यटन १५३.७७, विकास बैंक ४६.८७, जलविद्युत् १३.८, वित्त ६.३७, निर्जीवन बीमा ५६१ं३४, उत्पादन १७२.८८, अन्य ५७.९४, लघुवित्त २४६.६, जीवन बीमा ७४२.७६, सामूहिक लगानी कोष ०.१६ र लगानी १.२५ अङ्कले बढेको छ । 

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब चार अर्ब ८४ करोड ५६ लाख ८० हजारको हाराहारी पुगेको छ । कारोवारमा आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ९० लाख २२ हजार बराबरको कारोवार भयो । 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सक म्पनी रु ३१ करोड २० लाख ९४ हजार ९८,नेपाल पूर्वाधार बैंक रु २१ करोड १८ लाख ३८ हजार ७४८, माथिल्लो तामाकोशी रु १५ करोड ६३ लाख ६२ हजार ९२९, नबिल बैंक रु १३ करोड ९० लाख २९ हजार ६४५, नेपाल पुर्नबीमा कम्पनी रु १३ करोड १८ लाख ३६८, नेको इन्स्योरेन्स रु १२ करोड ६२ लाख ४३ हजार ९७२, डिप्रोक्स लघुवित्त रु १२ करोड १५ लाख ८५ हजार ४००, हिमालयन डिस्टिलरी रु १२ करोड १५ लाख ८५ हजार ४०० र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड सात लाख ९९ हजार ५१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक, मिथिला लघुवित्त सूर्योदय लघुवित्तका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा सामुदायिक लघुवित्त ९.९९, समिट लघुवित्त ९.९८, चन्द्रागिरि हिल्स ९.९८, किसान लघुवित्त ९.९७, स्वाभिमान लघुवित्त ९.९६, यूनाइटेड इदी मदी हाइड्रोपावरका शेयरधनीले ९.७९ प्रतिशतले कमाए । यसैगरी ग्रीन लाइफ हाइड्रोपावर ६.०६, खानीखोला हाइड्रोपावर ६.०२, जोशी हाइड्रोपावर ५.१५, घलेम्दी हाइड्रोपावर ४.२२, दिव्यश्वरी हाइड्रोपावर ४.०३, एनआइबिएल प्रगति फण्ड ३.८३ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह