२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगार हुनुहुन्छ ? ३ बैंकले मागे कर्मचारी, अनलाइनबाटै आवेदन दिन पाइने

२०७७, ९ चैत्र सोमबार ०७:५५

चैत ९, काठमाडौँ । नेपाल बैंक लिमिटेड सहित विभिन्न बैंकहरुले रोजगारीका अवसरहरु खुलाएका छन् । नेपाल बैंक लिमिटेड, बैंक नविल बैंक, राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेका छन् ।

नेपाल बैंक लिमिटेडमा सहायक देखि अधिकृत स्तरका विभिन्न पदका लागि कर्मचारी माग गरिएको छ । सोका लागि अनलाइन दरखास्त आह्वान गरिएको छ । प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । 

नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । अनलाइन दरखास्त खुलेको र सो को अन्तिम म्याद चैत १२ गतेसम्म रहने छ ।नेपाल बैकले सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायक कर्मचारी गरी एक सय ९२ जनाका लागि आवेदन आह्वान गरेको छ ।

त्यसैगरी नबिल बैंकले सूचना निकाल्दै करिब ९० जना कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीतर्फ १५ जना, ट्रेनी एसिसटेन्टका लागि सातै प्रदेशमा ७० जना र ट्रेनी एसिसटेन्ट आइटी डिपार्टमेन्टका लागि ४ जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपालीले अनलाइनबाटै चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय सहकारी बैंकले विभिन्न पदमा गरि कुल ६३ नयाँ कर्मचारी मागेको छ । बैंकले अधिकृत (कानुन) पदमा १ जना, सहायक अधिकृत पदमा ११ जना, सहायक अधिकृत (सूचना प्रविधि) पदमा १ जना, बरिष्ठ सहायक पदमा २ जना, कनिष्ठ सहायक (बैंकिङ व्यवसाय) पदमा ४५ जना र कनिष्ठ सहायक (सूचना प्रविधि) पदमा ३ जना गरि कुल ६३ कर्मचारी माग गरेको हो । बैंकले इच्छुक तथा योग्य आवेदकलाई चैत्र १८ गते भित्र आवेदन दिन आग्रह गरेको छ ।

कर्मचारी माग गरिएका बैंकका वेभसाइटमा गएर फारम अनलाइनबाटै भर्न सकिन्छ भने आवेदन पनि अनलाइनबाटै दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ