चैत १०, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का गरेको छ । नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको हो ।
लघुवित्तको चैत ६ गते बसेको बैठकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको थियो। नेप्सेले समयमै सूचना नदिएको र गलत सूचना दिएको भन्दै स्पष्टिकरण माग गरेको छ।
लघुवित्तले वार्षिक साधारण सभाको सूचना चैत ९ गते दिउसो ३ः५६ बजे मात्रै पठाएको र फेरी चैत १० गते संशोधन गरी प्रकाशित गरेको थियो। संशोधित सूचनामा लघुवित्तले हकप्रद निष्काशन गर्ने प्रस्ताव हटाएको थियो।
नेप्सेले लघुवित्तलाई तीन दिन भित्र स्पष्टिकरण माग गरेको छ।