२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट

२०७७, १२ चैत्र बिहीबार १२:२०

चैत १२, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर ४५०.३१ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर रु छ अर्ब ५० करोड आठ लाख छ हजार ४० मूल्यमा खरिद बिक्री भए । 

बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण रु ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । 

व्यापार १७४.८८, होटल र पर्यटन १५४.०७ र सामूहिक लगानी कोष १.१९ बिन्दुले उकालो लाग्दा बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत् ४४.२९, वित्त २.८८, निर्जीवन बीमा ५४.१५, उत्पादन ४९.६३, अन्य ३७.२२, लघुवित्त ४७.५४, जीवन बीमा १६९.८ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ । 

कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ६०८ मा कारोवार भयो । कूल रु ९१ करोड आठ लाख ८० हजार ७१९ बराबरको कारोवार भई शीर्ष स्थानमा छ । यस्तै, माथिल्लो तामाकोशी रु २६ करोढ ९७ लाख ७२ हजार ४६५, सिद्धार्थ इन्स्योरेन्स रु २३ करोड ५१ लाख २१ हजार ६९४, नेपाल बंगलादेश बैंक रु २२ करोड ९२ लाख ४९ हजार ६४२, नेको इन्स्योरेन्स रु १५ करोड ४९ लाख ९६ हजार ४०, एचआइडिसिएल रु १५ करोड १८ लाख ८५ हजार ९६४, नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ९८ लाख ६६ हजार ७७२, एनसिसी बैंक रु ११ करोड १७ लाख ६१ हजार ७२३, प्रिमियर इन्स्योरेन्स रु १० करोड ९२ लाख ९२ हजार ६७० र निर्धन उत्थान लघुवित्त रु १० करोड ८४ लाख दुई हजार २८७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार, आज सबैभन्दा बढी चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए । सो कम्पनीको शेयरमा आज पनि १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । यस्तै, सपोर्ट माइक्रोफाइनान्स ९.९७, बोमी माइक्रोफाइनान्स ९.९४, सिद्धार्थ इन्स्योरेन्स ७.८२, माउण्टेन हाइड्रो ७.१४, बोटलर्स नेपाल तराई ६.३२, महिला लघुवित्त ५.९१, रैराङ हाइड्रोपावर ५.८७, नेपाल पूर्वाधार बैंक ४.६५ र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले ४.४९ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, नेपाल बंगलादेश बैंक ६.१४, एनआइबिएल प्रगति फण्ड ५.५०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३५, साञ्जेन जलविद्युत् कम्पनी ४.२२, रसुवागढी हाइड्रोपावर ४.०५, हिमाल दोलखा हाइड्रोपावर ३.५२, कालिका पावर कम्पनी ३.४९, रिडी हाइड्रोपावर ३.४७, सारथी नेपाल लघुवित्त ३.४० र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो