१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट

१२ चैत्र २०७७, बिहीबार १२:२०

चैत १२, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर ४५०.३१ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर रु छ अर्ब ५० करोड आठ लाख छ हजार ४० मूल्यमा खरिद बिक्री भए । 

बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण रु ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । 

व्यापार १७४.८८, होटल र पर्यटन १५४.०७ र सामूहिक लगानी कोष १.१९ बिन्दुले उकालो लाग्दा बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत् ४४.२९, वित्त २.८८, निर्जीवन बीमा ५४.१५, उत्पादन ४९.६३, अन्य ३७.२२, लघुवित्त ४७.५४, जीवन बीमा १६९.८ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ । 

कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ६०८ मा कारोवार भयो । कूल रु ९१ करोड आठ लाख ८० हजार ७१९ बराबरको कारोवार भई शीर्ष स्थानमा छ । यस्तै, माथिल्लो तामाकोशी रु २६ करोढ ९७ लाख ७२ हजार ४६५, सिद्धार्थ इन्स्योरेन्स रु २३ करोड ५१ लाख २१ हजार ६९४, नेपाल बंगलादेश बैंक रु २२ करोड ९२ लाख ४९ हजार ६४२, नेको इन्स्योरेन्स रु १५ करोड ४९ लाख ९६ हजार ४०, एचआइडिसिएल रु १५ करोड १८ लाख ८५ हजार ९६४, नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ९८ लाख ६६ हजार ७७२, एनसिसी बैंक रु ११ करोड १७ लाख ६१ हजार ७२३, प्रिमियर इन्स्योरेन्स रु १० करोड ९२ लाख ९२ हजार ६७० र निर्धन उत्थान लघुवित्त रु १० करोड ८४ लाख दुई हजार २८७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार, आज सबैभन्दा बढी चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए । सो कम्पनीको शेयरमा आज पनि १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । यस्तै, सपोर्ट माइक्रोफाइनान्स ९.९७, बोमी माइक्रोफाइनान्स ९.९४, सिद्धार्थ इन्स्योरेन्स ७.८२, माउण्टेन हाइड्रो ७.१४, बोटलर्स नेपाल तराई ६.३२, महिला लघुवित्त ५.९१, रैराङ हाइड्रोपावर ५.८७, नेपाल पूर्वाधार बैंक ४.६५ र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले ४.४९ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, नेपाल बंगलादेश बैंक ६.१४, एनआइबिएल प्रगति फण्ड ५.५०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३५, साञ्जेन जलविद्युत् कम्पनी ४.२२, रसुवागढी हाइड्रोपावर ४.०५, हिमाल दोलखा हाइड्रोपावर ३.५२, कालिका पावर कम्पनी ३.४९, रिडी हाइड्रोपावर ३.४७, सारथी नेपाल लघुवित्त ३.४० र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल