<p><b>चैत १६, काठमाडौँ । </b>नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>यसअघि चैत १३ गते सुनको मूल्य तोलामा ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । </p><p>आज चाँदीको मूल्य भने घटेको छ । हिजोको तुलनामा ५ रुपैंयाले घटेर प्रतितोला १२२५ रुपैयाँमा कारोबार भएको छ ।</p>
