चैत २०, काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा प्रतितोला ९ सय रुपैंयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहिबार पनि सुनको भाउ प्रतितोला ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य ८६ हजार ९ सय ५० कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेर १२ सय ३० मा कारोबार भएको छ । यसअघि बिहिबार पनि बुधबारको तुलनामा चाँदीको मूल्य १५ रुपैंयाले बढेको थियो ।
चैत १२ गते ८६ हजार ९ सयमा कारोबार भएको सुनको भाउ चैत १८ गते घटेर ८५ हजार ६ सयमा कारोबार भयो । बिहिबार ९ सयले बढेर उकालो लागेको सुनको मूल्य आज पनि ९ सयले नै बढेको महासंघले जनाएको छ ।