<p><b>चैत २५, काठमाडौँ ।</b> बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा प्रतितोला ५ सयले बढेर छापावाल सुनको मूल्य ८८ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>यसअघि मंगलबार ३ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ ८७ हजार ५ सय ५० कायम भएको महांसघले जनाएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ ।</p><p>मंगलबार १२ सय ३५ ,मा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैंयाले बढेर १२ सय ४५ कायम भएको हो । पछिल्लो समय सुनचाँदीको भाउ नेपाली बजारमा उकालो लाग्न थालेको छ ।</p>


