चैत २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५३ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर ९१ रुपैयाँ २९ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।